एन आई सी एशिया क्यापिटलको संस्थागत परामर्श सेवा संचालनमा

May 31, 2020 04:41 PM Merolagani



एन आई सी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा प्रदान गर्ने योजना अन्तर्गत नेपाल सरकार, राष्ट्रिय योजना आयोगले मिति २०७७/०१/२९ गते नवप्रवर्तन शुरुवाती पूँजी अनुदान प्रदान गर्ने सम्बन्धमा प्रस्ताव आव्हान गरेबमोजिम “नवप्रवर्तन शुरुवाती पूँजी अनुदान सम्बन्धी कार्यविधि, २०७६” तथा “नवप्रर्वतन शुरुवाती पूँजी अनुदान सम्बन्धी मापदण्ड, २०७७” मा उल्लेख भए अनुसारको प्रस्ताव तयार गरिदिने सेवा संचालनमा ल्याएको छ ।&

जस अन्तर्गत यस क्यापिटलले नवीनतम ज्ञान, सिप र क्षमता भएका आविश्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थाहरुलाई निजहरुको योजना अनुरुपको व्यवसाय सफल पार्न परामर्श दिने, थप अध्ययन तथा अनुसन्धान गरी व्यवसायीक योजना तयार गरिदिनेछ । यसका साथै नेपाल सरकारले हालै जारी गरेको नवप्रवर्तनीय कार्यको प्रस्ताव सम्बन्धी शर्त, आवश्यक कागजात तथा माग गरे बमोजिमको विवरण अनुरुपको व्यवसायीक योजना समेत तयार गरिदिने छ ।

यस प्रकारको संस्थागत परामर्श सेवाले हाल कायम बन्दाबन्दीको कारणले गर्दा आफ्नो व्यवसायीक योजना बनाउन समस्यामा परेका व्यक्ति तथा संस्थाहरुलाई उहाँहरुको ज्ञान, सिप तथा क्षमता अनुसारको व्यवसायीक योजना तयार गर्न, नेपाल सरकारले उपलब्ध गराउने अनुदान तथा अन्य आवश्यक सुरुवाती पूँजी जुटाउन समेत महत्वपूर्ण सहयोग पुग्नेमा क्यापिटलले विश्वास लिएको छ ।

साथै यस क्यापिटलबाट संस्थागत परामर्श सेवा लिने पहिलो केही ग्राहकहरुलाई निःशुल्क रुपमा उक्त सेवा उपलब्ध गराउने जानकारी गराएको छ ।

यस सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९८४/९९४ मा सोझै सम्पर्क गर्न वा corporateadvisory@nicasiacapital.com मा ईमेल गर्न सकिने छ ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।