तीनपटक सर्किट ब्रेक लागेर बन्द भएको बजारमा यी हुन् नकारात्मक सर्किट लाग्ने कम्पनी

Jun 30, 2020 02:02 PM Merolagani



लकडाउनको कारण लामो समयपछि खुलेको शेयर बजार उच्च दरले बढ्न थालेको छ। सोमबारदेखि खुलेको बजार पहिलो दिन केहि घटेपनि दोस्रो दिन उच्च दरले बढेको छ। दोस्रो दिन नेप्से सूचक ७२ अंकले बढेर १२६० को विन्दुमा पुगेको छ।

यस दिन कारोबारमा आएका धेरैजसो कम्पनीको शेयरमूल्य उच्च दरले बढेको छ तर केहि कम्पनीको शेयरमूल्य भने घटेको देखिएको छ। सोमबारदेखि नै दोस्रो बजारमा कारोबार खुलेको नेपाल पुनर्बीमा कम्पनी (NRIC) को शेयरमूल्य उच्च दरले घटेको छ। यसका साथै, ओरियन्टल होटल (OHL) को शेयरमूल्य पनि उच्च दरले घटेको छ। यस दिन पुनर्बीमा कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशतले घटेको छ भने ओरियन्टल होटलको शेयरमूल्य ९.७३ प्रतिशतले घटेको छ।

यस दिन कारोबारमा आएका २१ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ जसमा ६ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। नागरिक लगानी कोष, एशियन लाइफ, सुर्य लाइफ, नेपाल लाइफ र नेश्नल लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको हो। मंगलबारको बजारमा जीवन बीमा कम्पनीहरुको शेयरमूल्य उच्च दरले बढेको छ।

यस दिन कारोबारमा आएका १२ वटा उपसमुहमध्ये दुईवटा उपसमुहका सूचक नकारात्मक देखिएका छन् भने बाँकी सबै उपसमुहका सूचक सकारात्मक देखिएका छन्।

यस दिन नेप्से सूचक ६.०६ प्रतिशत अर्थात ७२.०५ अंकले बढेर १२६०.७५ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ सूचक ६.१५ प्रतिशत अर्थात १५.६३ अंकले बढेर २६१.९२ विन्दुमा पुगेको छ।

यस दिन १३२ वटा कम्पनीको ४ लाख ८९ हजार कित्ता शेयर २२ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन ४८ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम केहि घटेको हो।

यस दिन हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ३ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल लाइफको ३ करोड ५२ लाख रुपैयाँ, साना किसानको १ करोड ६७ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १ करोड २६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।