बैंकहरूले शेयर धितो कर्जा बढाउन लगानीकर्तालाई बोलाउन थाले

Jul 02, 2020 12:52 PM Merolagani



  • रबिन पाैडेल

बैंकहरूमा लगानीयोग्य रकम अधिक भएपछि बैंकहररूले लगानीकर्ताहरूलाई शेयर धितो कर्जा लिन बोलाउन थालेका छन्। गत दुई दिन शेयर बजार उच्च रूपले बढेको थियो। सोही अवस्थामा बैंकहरूले शेयर धितो कर्जा बढाउन लगानीकर्तालाई कर्जा लिन बोलाउन थालेका हुन्। 

पछिल्लो समय वाणिज्य बैंकहररूको शेयर धितो कर्जा केहि घटेको छ। बैशाख मशान्तसम्ममा वाणिज्य बैंकहररूले कुल ३७ अर्ब ९८ करोड रुपैयाँ मार्जिन प्रबृत्तिकाे कर्जा लगानी गरेका छन्। सो अवधिमा बैंकहरको प्राथामिक पूँजी करिब ७ खर्ब रुपैयाँ रहेको छ। चुक्ता पूँजी र जगेडा कोष जोडेर प्राथमिक पूँजी निकाल्न पाउने केन्द्रीय बैङ्कको नियम छ। यसअनुसार वाणिज्य बैंकहररूको बैशाख मशान्तसम्ममा करिब ६ प्रतिशत मात्रै शेयर धितो कर्जा प्रवाह गरेका छन्। केन्द्रिय बैंकको नियमअनुसार बैंकहररूले प्राथामिक पूँजीको २५ प्रतिशतसम्म कर्जा लगानी गर्न पाउछन। बैंकहरूले अझै झण्डै ९० अर्ब रुपैयाँ मार्जिन प्रबृत्तिकाे कर्जा प्रवाह गर्न सक्छन्।

त्यस्तै अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरु समेतले गरेर बैशाख मशान्तसम्ममा कुल ४७ अर्ब रुपैयाँ बराबरको शेयर धितो कर्जा लगानी गरेका छन्।

बैङ्क तथा वित्तीय संस्थाले सबैभन्दा सुरक्षित कर्जाको रूपमा मार्जिन कर्जालाई लिने गरेका छन्। सुरक्षित भएकै कारणले यो कर्जा बढाउन बैङ्कहररूले केहि समय अघि देखि नै धेरै प्रयास गर्ने गरेका छन्। यसअघि नै बैङ्क तथा वित्तीय संस्थाले शेयर कर्जा बढाउन ब्रोकर कार्यालयमा नै धाएर मार्केटिङ नै गर्ने गरेका थिए। अहिले पनि शेयर कर्जामा लगानीकर्तालाई फोन नै गरेर कर्जा लिन बोलाउन थालेको एक लगानीकर्ताले बताए।

बैशाख मशान्तसम्ममा वाणिज्य बैंकहरूको कुल कर्जा लगानी २८ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ। पछिल्लो समय बैंकहररूको कर्जा लगानी बढ्न सकेको छैन। नयाँ कर्जा प्रवाह ठप्प हुँदा तरलता अधिक भएको छ। एक साता अघिसम्म बैंकहररूमा एक खर्ब रुपैयाँ तरलता थियो। सो पश्चात पनि केहि एलसी खुलेपनि नयाँ ठूलाे कर्जा गएको छैन्। असारको दोस्रो साता पनि बैंकहररूको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको बैंकर्स संघको तथ्याँकले देखाउछ।। बैंकहररूमा निक्षेप बढेको बढ्यौ छ भने कर्जा बढ्न सकेको छैन।

लकडाउनको कारण मारमा परेका उद्योगि व्यवसायीहरूले नयाँ कर्जाै लिएका छैनन् भने अन्य साना ऋणिहरूबाट पनि कर्जाको खासै माग आएको छैन।

अहिले अन्य क्षेत्रमा कर्जा प्रवाह गर्दा धेरै जोखिम रहेकाले बैंकहरू शेयर धितो कर्जामा आकर्षित भएका छन्। तर पनि पछिल्लो तथ्याँक हेर्दा बैंकहररूको शेयर धितो कर्जा बढ्न सकेको छैन। चैत महीनाको तुलनामा बैशाखमा बैंकहरूको शेयर धितो कर्जा ०.२० प्रतिशतले घटेको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ। बैशाख मशान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल ४७ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्।

बैङ्क तथा वित्तीय संस्थाले यस्तो कर्जा बढाउन प्रयास गर्दा समेत माग भने बढ्न सकेको छैन। लकडाउन अघि देखिनै बैंकहरूले यस्तो कर्जा बढाउने प्रयास गरीरहेका छन्। तर बैंकहररूको प्रयास विपरित शेयर धितो कर्जा भने बढ्न सकेकाे छैन। तर वार्षिक रुपमा हेर्दा भने यस्तो कर्जा बढेको देखिएको छ। गत वर्षको बैशाख मशान्तको तुलनामा यस वर्षको सोही अवधिमा शेयर धितो कर्जा ७ प्रतिशतले बढेको केन्द्रिय बैंकको तथ्याँकले देखाउँछ।

यता ब्रोकर कार्यलयले प्रदान गर्ने मार्जिन ट्रेडिङ लोनमा पनि लगानीकर्ताको आकर्षण देखिदैन। ब्रोकरले उक्त सुविधा प्रदान गर्न थालेको लामो समय भइसकेपनि लगानीकर्ताले खासै कर्जा लिन चाहेका छैनन्।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।