लोडसेडिङको अन्त्य गरेर ‘वाहवाह’ कमाएका कुलमानको निरन्तरता कि बिकल्पको खोजी ?

Jul 04, 2020 07:20 PM Merolagani



  • विष्णु बेल्बासे

लोडसेडिङको अन्त्य गरेर ‘वाहीवाही’ कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौमा सकिदै छ । अहिले प्राधिकरण भित्र र बाहिर पनि घिसिङलाई नै अर्को चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक बनाइने कि अर्कोलाई ल्याइन्छ भन्ने चर्चाले प्राथमिकता पाउन थालेको छ।

घिसिङले दैनिक १३ घण्टा अन्धकारमा रहेका नागरिकलाई उज्यालो दिने काम गरेकाले उनलाई नै आगामी चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः ल्याउने तयारी भइरहेको प्राधिकरणका एकाथरी कर्मचारीको भनाइ छ । अर्कोथरी भने उनलाई लोडसेडिङको अन्त्य गरेको भन्दैमा उक्त पदमा दोहोप्याउन दिन नहुने बताउँदै आएका छन् ।

प्राधिकरणको कार्यकारी नियुक्ति सरकारले गर्ने भएकाले सरकारको नेतृत्व गरेको नेकपा निकट व्यक्तिलाई उक्त पद दिइने निश्चित छ । त्यसमा पनि गुट निकट व्यक्ति प्राधिकरणको कार्यकारी निर्देशक बन्ने छन् ।

घिसिङ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकट भएकाले पनि उनी नै पुनः दोहोरिने सम्भावना रहेको प्राधिकरणका एक कर्मचारीले बताए । ‘घिसिङ नै पुनः दोहोरिने सम्भावना छ,’ ती कर्मचारीले भने,‘उनी जतिको बुझेको र प्राधिकरणको नेतृत्व गर्ने व्यक्ति अरू नभएकाले घिसिङ नै दोहोरिने निश्चित जस्तै छ ।’

अर्काथरीका प्राधिकरणका कर्मचारीहरू भने घिसिङले प्राधिकरण छाडेर सांसद बन्ने र ऊर्जा मन्त्रीसम्म बन्ने हैसियत बनाएकाले पनि फेरि कार्यकारी निर्देशक बनाउन नहुने तर्क गर्दै आएका छन् । घिसिङले पनि प्राधिकरणको कार्यकारी निर्देशकमा बस्न त्यति इच्छा देखाएका छैनन् । उनी रामेछापबाट निर्वाचन लडने र सांसद हुने सम्भावना भएको व्यक्तिको रूपमा हेर्न थालिएको छ । कतिपयले त घिसिङलाई काठमाडौंबाट टिकट दिए पनि जित्ने सम्भावना रहेको बताउँदै आएका छन् ।

जे होस अहिले प्राधिकरणको नेतृत्व पुनः घिसिङलाई नै दिने कि बिकल्प खोज्ने भन्ने बिषयमा राजनीतिक तहमा समेत चर्चा सुरू हुन थालेको छ । उनको कार्यकाल भदौदेखि सकिन लागेकोले पनि प्राधिकरण,सिंहदरबार भित्र चर्चा परिचर्चा चल्न थालेको हो ।

ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिन नसकिने भन्दै बिकल्पको खोजी गर्न थालेको बुझिएको छ । उनले भदौपछि घिसिङको ठाउँमा विद्युत विकास विभाग महानिर्देशक नविनराज सिंहलाई ल्याउने तयारी गरिरहेको स्रोतको दावी छ ।

ऊर्जामन्त्री पुनले आफू घिसिङको छाँयामा परेको र आफूले भनेको उनले मान्न छाडेकोले पनि बिकल्पको खोजी गर्नु परेको आफू निकटलाई बताउँदै आएका छन् । ऊर्जा मन्त्री पुनः पनि घिसिङजस्तै मन्त्रालयका चाकडीवाज कर्मचारीको घेरावन्दीबाट बाहिर निष्कन सकेका छैनन् । लोडसेडिङको अन्त्यको जस कुलमानले मात्र पाएकोमा ऊर्जामन्त्री पुनःखुशी छैनन् ।

औद्योगिक क्षेत्रको लोडसेडिङ आफूले गराएपनि कुलमानले आफूले गराएको भन्दै हिडेकाले पनि उनीप्रति ऊर्जा मन्त्री रूष्ट हुन पुगेका हुन् । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भदौ २९ गते चार वर्षे कार्यकाल सकिदै छ ।तीन वर्षअघि मन्त्री परिषदको बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो । कुलमान २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनले दैनिक १३ घण्टासम्म हुदैँ आएको लोडसेडिङलाई अत्य गरेर सवैको स्वासी पाएका थिए ।

उनको पहलमा २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङ मुक्त हुन पुगेको थियो । घिसिङले लोडसेडिङको अन्त्य गरेपनि गुणस्तरिय र भरपर्दो बिजुली दिन भने सकिरहेका छैनन् । दिनमा आधा घण्टा बिजुली नभएको दिननै हुदैन भन्नेहरूको कमी पनि छैन्  । त्यसतर्फ व्यवस्थापन गर्न भने उनी चुकेकै हुन् । तर, उनले गरेका स’धारका प्रयासलाई भने सवैले प्रसशां नै गरेका छन् ।

अहिले पनि बिजुलीको माग करिव १३०० मेगावाट छ  । त्यो मागलाई धान्न सक्ने बिजुली उत्पादन हुन सकेको छैन् । स्वदेशी बिजुली उत्पादनको क्षमता करिव १३५० मेगावाट भएपनि बिजुली उत्पादन निकै कम हुदैँ आएको छ । बिजुलीको अत्यधिक माग हुने समयमा भारतबाट चार सय मेगावाटसम्म बिज’ली प्राधिकरणले ल्याउँदै आएको छ । त्यही बिजुलीले मुलुक ऊज्यालो बनाइएको छ ।

अहिले पनि कुुलेखानी आयोजनामा पानी जोहो गरेर राखिएको छ । यो वर्षदेखि तामाकोशीको बिजुली आउने र वर्षायाममा बिजुलीमा आत्म निर्भर हुने भनिएको छ । यो आर्थिक वर्ष भित्र ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाबाट बिजुली उत्पादन गर्ने भनिएपनि उक्त आयोजनाबा बिजुली आगामी कात्तिकको अन्त्यबाट मात्र बिजुली प्रसारण लाइनमा जोडिने प्रक्षेपण गरिएको छ । यसैगरी, चिलिमेका चार सहायक कम्पनीबाट २७० मेगावाट बिज’ली उत्पादन भएपनि प्रसारण लाइनको अभाव छ । 

निर्माणाधीन आयोजनाबाट बिजुली उत्पादन हुने समय नजिकिदै गर्दा पनि प्रसारण लाइनको अभावमा बिजुली खेर जाने अवस्था आएको हो । यसतर्फ भने ऊर्जा मन्त्री र कार्यकारी निर्देशक घिसिङले पहल गर्न सकेका नै छैनन् ।

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।