प्रभु बैंकको २८ लाख कित्ताभन्दा बढी संस्थापक शेयरको लिलामी बिक्री खुल्यो

Jul 05, 2020 10:32 AM Merolagani



प्रभु बैंक (PRVU) को २८ लाख कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुलेको छ। बैंकले असार २१ गते आइतबारबाट २८ लाख १० हजार कित्ता संस्थापक शेयरको लिलामी बिक्री खोलेको हो।

बैंकको उक्त शेयरमा साविकका संस्थापक शेयरधनीले न्यूनतम एक लाख कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन सक्नेछन्। बैंकको लिलामी शेयरमा आवेदन दिन चाहनेहरुले न्युनतम प्रतिकित्ता १२२ रुपैयाँ अंकित गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।

इच्छुक संस्थापक शेयरधनीले मुक्तिनाथ क्यापिटल, हात्तिसार, काठमाडौंबाट साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनमध्ये सबैभन्दा धेरै दर रेट राखेर आवेदन पेश गर्ने आवेदकलाई शेयर बिक्री गरिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ। 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।