बोर्डले डिजिटल केवाइसी अनिवार्य गर्दै, मल्टिपल डिम्याट खाता चलाउन छुट

Jul 05, 2020 06:46 PM Merolagani

सुवास निरौला

नयाँ आर्थिक वर्षदेखि नेपाल धितोपत्र बोर्डले डिजिटल केवाइसी अनिवार्य गर्दै बहु हितग्राही (मल्टिपल डिम्याट) खाता चलाउन छुट गर्ने भएको छ।

शेयर बजारलाई थप पारदर्शी बनाउन र अर्काको नाममा शेयर कारोबार गर्नेलाई निरुत्साहित गर्न डिजिटल केवाइसी अनिवार्य गर्दै बहु (मल्टिपल) डिम्याट खाता चलाउन छुट गर्ने भएको हो। "नयाँ आर्थिक वर्षबाट हामी डिजिटल केवाइसी अनिवार्य गर्ने योजनामा छौ," नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले मेरो लगानीसँग भने।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले लामो समयदेखि डिजिटल केवाइसीको परीक्षण गर्दै आएको छ। हाल १० निक्षेप सदस्यले परीक्षणको रुपमा यो केवाइसी सफलतापूर्वक परीक्षण गरिरहेको सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले बताए। "१० वटा निक्षेप सदस्यबाट हामीले सफलता पूर्वक परीक्षण गरिरहेका छौ," न्यौपानेले भने।

उनका अनुसार परीक्षणमा असाध्यै राम्रो नतिजा आएको छ। अब प्रणालीलाई अनिवार्य गर्न सकिन्छ। डिजिटल केवाइसी अनिवार्य भएपछि कसैले पनि अर्काको नाममा डिम्याट खाता र ब्रोकर कम्पनीमा शेयर कारोबार गर्ने खाता खोल्न सक्दैनन्। लगानीकर्ताले डिजिटल केवाइसी घरमै बसेर अनलाइनबाटै खोल्न सक्छन्। तर, अनलाइनबाट केवाइसी फारम भरिए पनि एक पटक खाता खोल्न चाहनेले, खाता खोल्न चाहेको निक्षेप सदस्य वा ब्रोकर कम्पनीमा भने अनिवार्य उपस्थित हुनु पर्नेछ। किनकि, खाता खोल्नको लागि चाहिने ताजा फोटो, औँठा छाप र दस्तखत निक्षेप सदस्य वा ब्रोकर कम्पनीले उनीहरूकै कम्पनीको रोहबरमै लिनुपर्छ। जसमा औँठा छाप बायोमेट्रिक हुनेछ। जसले गर्दा अन्यले खाता खोल्न सक्ने सम्भावना न्यून हुनेछ। आधिकारिक व्यक्तिबाहेकका अन्यले खाता नखोलुन् भन्नको लागि डिजिटल केवाइसीमा सुरक्षा मापदण्ड अपनाइएको छ। 

नयाँ वर्षबाट नयाँ खाता खाेल्नेले डिजिटल केवाइसी नै भर्नु पर्नेछ। पुरानाको हकमा भने अध्यावधिक हुँदै जानेछ। लगानीकर्ताले नयाँ खाता खोल्ने र मल्टिपल डिम्याट पनि चलाउन पाउनेछन् भने एक ब्रोकर वा निक्षेप सदस्यकोमा खाता खोलेपछि सबैकोमा साझा रुपमा यो केवाइसीले काम गर्नेछ। प्रत्येक ब्रोकर र प्रत्येक निक्षेप सदस्यकोमा फरक फरक फारम भर्नु पर्ने झन्झट लगानीकर्ताले ब्यहोर्नु पर्ने छैन।

किनकि, डिजिटल केवाइसी फारम भरेर जति ठाउँमा खाता खोले पनि सिडिएससिले खाता खोल्ने व्यक्तिको तीन पुस्ते, दस्तखत, बायोमेट्रिक औँठा छाप र फोटोबाट सिस्टमले युनिक फारम क्रिएट गर्छ। जसले गर्दा उसले खाताबाहकलाई सजिलै पहिचान गर्न सक्छ। सिस्टमले नै व्यक्तिको पहिचान गर्ने भएकोले उसले जतिवटा बैंकमा खाता खोले जस्तै डिम्याट खाता समेत खोल्न सक्नेछ। "डिजिटल केवाइसी लागु भएपछि खोलिएका खाताहरू मल्टिपल डिम्याट एकाउन्ट जतिवटा भए पनि त्यही मानिसको भनेर निकाल्न सहज हुन्छ," न्यौपानेले भने।

पछिल्लो समय निक्षेप सदस्यहरूको सिन्डिकेटका कारण लगानीकर्ताले खाता खोल्दा समस्या झेल्दै आएका छन्। जुन बैंकसँग शेयर कारोबार गर्न ऋण लिइएको छ। त्यही बैंकको सहायक कम्पनीमा डिम्याट खाता खोल्नै पर्ने अघोषित सिन्डिकेट लगानीकर्तामा लादिएको छ। उनीहरूकाेमा डिम्याट खाता नभए ऋणै नपाउने भएपछि लगानीकर्ताले बाध्य भएर उनीहरूकै सहायक कम्पनीले दिएको निक्षेप सेवाबाट सेवा लिनै पर्ने बाध्यता हुने गर्छ। "जति वटा बैँकबाट लोन लियो उति नै वटा क्यापिटलमा शेयर रोक्का राख्नुपर्छ। जुन बैंकबाट ऋण लियो त्यही बैंकको क्यापिटलमा डिम्याट खाता खोल्नुस् भन्छन्," लगानीकर्ता निर्मल प्रधानले भने।

यही कारण अहिले चाहेर नचाहेर पनि लगानीकर्ताले अवैधानिक ढङ्गले थुप्रै खाता खोल्नै पर्ने बाध्यता छ। "मैले चारवटा बैंकबाट लोन लिएको छु। शेयर कारोबार गर्दा एउटा ब्रोकर कहाँ एउटै डिम्याट खाता चल्छ। मेरो शेयर अर्कोतिर डिम्याटमा छ। अनि कसरी कारोबार गर्ने? यसलाई सहजीकरण गरिदिनु पर्‍यो," प्रधानले भने। ऋण लिँदा खाता खोल्नै पर्ने बाध्यताका बीच लगानीकर्ताले नियम विपरीत मल्टिपल डिम्याट खाता खोल्नु पर्ने बाध्यतामा देखिएका छन्। नियम अनुसार लगानीकर्ताले दुईवटाभन्दा बढी खाता चलाउन पाउँदैनन्।

यता दुईवटा खाता चलाउने नियम छ भने उता शेयर कारोबार गर्दा लगानीकर्ताले एउटा ब्रोकर कम्पनीमा कारोबार गर्ने एउटा मात्रै डिम्याट खाता चलाउन पाउँछन्। तर, लगानीकर्ताले धेरै ठाउँबाट ऋण लिएको र थुप्रै खातामा शेयर भएको कारण छिटो छिटो कारोबार गर्न पाएका छैनन्। जसले बजारमा जति कारोबार हुनुपर्ने हो, त्यति कारोबार हुन सकेको छैन। धेरै कारोबार नगरेकै कारण लगानीकर्ताले शेयरको फेरप्राइस पाउन सकेका छैनन्। बजारमा जति धेरै शेयर कारोबार हुन्छ, त्यति नै बढी शेयरको फेरशेयर प्राइस पाउँछन्।

लगानीकर्ताको यही असुविधालाई निराकरण गर्न बोर्डले साउनबाट डिजिटल केवाइसी अनिवार्य गर्दै मल्टिपल डिम्याट खाता चलाउन दिने भएको हो। प्रविधिले निगरानी गर्ने भएकोले चाहिएको बेलामा जो कोहीको कारोबार इतिहास हेर्न सकिने छ। जसले गर्दा लगानीकर्ताले जानी जानी अवैधानिक कारोबार गरे तुरुन्तै पक्रन सकिने भएकोले मल्टिपल डिम्याटलाई खुला गर्न लागिएको हो।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।