सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा,ताेलाकाे कति ?

Jul 09, 2020 12:11 PM Merolagani



असार २५ गते बिहीबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यसदिन सुन तोलामा ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तराष्ट्रिय बजारमा सुन र अमेरिकी डलरको भाउ बढेपछि नेपालमा पनि सुनकाे मूल्य उकालाे लागेकाे हो ।

यसैगरी यस दिन चाँदी पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ९८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ९५५ रुपैयाँमा कारोबार भएको थियो।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।