लकडाउनका कारण स्थगित लिवर्टी ईनर्जीको आइपीओ साउन ७ गतेदेखि पुनः खुल्ने

Jul 19, 2020 10:27 AM Merolagani

लिवर्टी ईनर्जीको लकडाउनका कारण स्थगित भएको आइपीओ साउन ७ गतेदेखि पुनः खुल्ने भएको छ। लकडाउन सहज भएसँगै कम्पनीले पुनः आइपीओ बिक्री खोल्न लागेको हो।

कम्पनीले गत फागुन २७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १५ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। तर, कारोना भाइरसको जोखिमले गत चैत ११ गतेदेखि देश लकडाउन भएपश्चात उक्त आइपीओ बिक्री स्थगित भएकाे थियो। लकडाउन केहि खुकुलो भएपश्चात कम्पनीले साउन ७ गतेदेखि पुनः बिक्री खोल्न लागेको हो।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा स्थानियलाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ मा स्थानियलाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता बाँडफाँड गर्नेछ। त्यसैगरी, सो बाहेकका लमजुङ्ग जिल्लाका सम्पूर्ण बासिन्दाहरुका लागि बाँकी ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता शेयर बाँडफाँड गर्नेछ।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। स्थानीयले अब उक्त शेयरमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग दिएको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ८.२० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष रहेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा


comments powered by Disqus

कारोबार भइरहेको कम्पनी बन्द हुँदा लगानीकर्तामा मनाैबैज्ञानिक असर,यसरी बन्द हुन्छ कम्पनी

Aug 06, 2020 06:52 PM
  • सुधा देवकाेटा

केही दिन पहिले दोस्रो बजारमा कारोबार भइरहेको श्रीराम सुगर मिलले सञ्चालनमा आउन नसक्ने भन्दै कम्पनी बन्द गर्ने निर्णय बजारमा आएसँगै यसले चर्चा पाएको छ । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता आफूले लगानी गर्ने कम्पनी बन्द भएको खण्डमा के होला भन्ने प्रश्नकाे उत्तर खाेज्न थालेका छन् ।