लकडाउनले स्थगित लिवर्टी ईनर्जीको आइपीओ बिक्री खुल्यो

Jul 22, 2020 11:12 AM Merolagani



लिवर्टी ईनर्जीको लकडाउनका कारण स्थगित भएको आइपीओ साउन ७ गतेदेखि पुनः खुल्ला भएको छ। लकडाउन खुलेसँगै बुधबारबाट कम्पनीले आइपीओ बिक्री खुल्ला गरेको हो।

कम्पनीले गत फागुन २७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १५ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। तर, कारोना भाइरसको जोखिमले गत चैत ११ गतेदेखि देश लकडाउन भएपश्चात उक्त आइपीओ बिक्री स्थगित भएको थियो।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा स्थानियलाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं। ११ मा स्थानियलाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता बाँडफाँड गर्नेछ। त्यसैगरी, सो बाहेकका लमजुङ्ग जिल्लाका सम्पूर्ण बासिन्दाहरुका लागि बाँकी ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता शेयर बाँडफाँड गर्नेछ।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। स्थानीयले अब उक्त शेयरमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग दिएको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ८.२० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष रहेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।