अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्डको क्रम जारी, मंगलबार फेरि बढ्यो

Jul 28, 2020 11:16 AM Merolagani



अन्तर्राष्ट्रिय बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुरुवाती कारोबारमा उच्च रुपले बढेको सुनको मूल्य कारोबारका क्रममा केही घटेपनि रेकर्ड जारी गर्ने क्रममा नै रहेको छ । 

बहुमूल्य धातुका रुपमा रहेको सुनको मूल्य मंगलबार प्रतिअउन्स एक हजार ९४७ डलरमा कारोबार भइरहेको छ । सुरुवाती कारोबारमा सुनको मूल्य ४० डलरभन्दा धेरैले बढेर एक हजार ९८० डलरको बिन्दु पार गरेको थियो ।

पछिल्लो केही दिनदेखि सुनको मूल्य उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गर्ने क्रममा रहेको छ । अमेरिका र चीनका बीचको सम्बन्ध बिग्रिदै गएसँगै सुनको मूल्य बढ्न पुगेको हो ।

विश्व बजारका लगानीकर्ताहरु कम जोखिम रहेको अर्थात् सुरक्षित लगानीको क्षेत्रका रुपमा रहेको सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य उच्च रुपमा बढ्न पुगेको बताइएको छ । 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।