अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्डको क्रम जारी, मंगलबार फेरि बढ्यो

Jul 28, 2020 11:16 AM Merolagani



अन्तर्राष्ट्रिय बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुरुवाती कारोबारमा उच्च रुपले बढेको सुनको मूल्य कारोबारका क्रममा केही घटेपनि रेकर्ड जारी गर्ने क्रममा नै रहेको छ । 

बहुमूल्य धातुका रुपमा रहेको सुनको मूल्य मंगलबार प्रतिअउन्स एक हजार ९४७ डलरमा कारोबार भइरहेको छ । सुरुवाती कारोबारमा सुनको मूल्य ४० डलरभन्दा धेरैले बढेर एक हजार ९८० डलरको बिन्दु पार गरेको थियो ।

पछिल्लो केही दिनदेखि सुनको मूल्य उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गर्ने क्रममा रहेको छ । अमेरिका र चीनका बीचको सम्बन्ध बिग्रिदै गएसँगै सुनको मूल्य बढ्न पुगेको हो ।

विश्व बजारका लगानीकर्ताहरु कम जोखिम रहेको अर्थात् सुरक्षित लगानीको क्षेत्रका रुपमा रहेको सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य उच्च रुपमा बढ्न पुगेको बताइएको छ । 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।