बैंकको ब्याजदर घटेसँगै बीमालेख धितो राखेर लिने कर्जाको ब्याजदर घटाउन दबाव

Jul 29, 2020 08:21 AM Merolagani



अरूण पाख्रेन

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर घटेसँगै बीमा कम्पनीहरूले बीमालेख धितोमा राखेर दिने कर्जाको ब्याजदर पनि घटाउन दबाव पर्न थालेको छ ।

बैंकहरूले दोहोरो अकं अर्थात १२–१४ प्रतिशतमा दिँदै आएको कर्जाको ब्याजदर घटाएर एकल अंक अर्थात ९ प्रतिशतको हाराहारीमा दिन थालेपछि बीमा कम्पनीलाई पनि बीमालेख धितो राखेर दिने कर्जाको ब्याजदर घटाउन दबाव पर्न थालेको हो ।

अहिले बीमा कम्पनीहरूले १० देखि १२ प्रतिशतमा बीमालेख धितोमा राखेर ऋण प्रवाह गरिरहेका छन् । बैंकको ब्याज घटदा बीमा कम्पनीलाई पनि बीमालेख धितामा राखेर एकल अंकमा ऋण दिनु पर्ने अवस्था आएको छ ।

बैंकको ब्याज घट्दै गएपछि बीमा कम्पनीले बैंकको मुद्दती खातामा रकम राख्दा पनि कम ब्याज पाउन थालेका छन् । बीमा कम्पनी (जीवन बीमा कम्पनी) ले बीमालेख बिक्री गरेर आएको रकम बीमालेख धितोमा राखेर बीमकलाई ऋण दिने वा बैंकको मुद्दती खातामा राख्ने गर्छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा र निक्षेप दुबैको ब्याजदर घटाउदै लगेका छन । लकडाउनका कारण बैंकहरूको कर्जा लगानी ठप्प भएपछि बैंकहरूमा तरलता थुप्रिएको छ जसले गर्दा बैंकहरूले कर्जा लगानी बढाउन ब्याजदर घटाएका हुन् ।

बैंकले ऋणीहरूलाई एकल अंकको ब्याजदरमा कर्जा दिने भन्दै नयाँ ब्याजदर सार्वजानिक गरिरहेका छन् । त्यसमध्ये अधिकांश बैंकहरूले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरी ब्याजदर सार्वजानिक गरेका हुन् ।

बैंकले लगानी गर्ने कर्जाको ब्याजदर घटाएसँगै बीमा कम्पनीहरूले बीमालेख धितोमा लगानी गर्ने कर्जाको ब्याजदरमा पनि असर पर्ने देखिएको छ । अहिले बीमा कम्पनीहरूले बीमालेख धितोमा १० प्रतिशत भन्दा बढीमा कर्जा दिइरहेका छन् । बैंकको ब्याजदर घट्दै जानु र बीमा कम्पनीहरूले बीमालेख धितोमा लगानी गर्ने कर्जाको ब्याजदर घटाउन थालेपछि बीमा कम्पनीहरूको नाफामा समेत असर पर्न सक्ने देखिएको छ ।

जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बीमालेख धितोमा दिँदै आएको कर्जाको अनुपात घट्यो भने जीवन बीमा कम्पनीहरूको आम्दानी समेत घट्ने सक्ने बताउछन् ।

‘बीमालेख धितोमा कर्जा लिन खासै समस्या नहोला । तर बैंकको ब्याजदर कम भयो भने बीमा कम्पनीमा किन ऋण लिन आउने भन्ने कुरा पनि हुन सक्छ । त्यस्तो सम्भावना देखिएमा हामीले कि ब्याजदर घटाउनु पर्छ । कि त्यसको विकल्प खोज्नु पर्ने हुन्छ,’ उनले भने ‘त्यसले गर्दा हामीले बीमालेख धितोमा दिँदै आएको कर्जाको अनुपात घट्न सक्ने देखिन्छ भने हाम्रो आम्दानीको बाटो समेत खुम्चिन सक्छ ।’

बीमालेख धितोमा कर्जा प्रवाह नभए बैंक तथा वित्तीय संस्थाकै मुद्दती निक्षेपमा लगानी गर्ने उनको भनाइ छ । बीमकको लागि लगानी निर्देशिका अनुसार लगानी गर्ने समेत उनले जानकारी गराए । ‘हामीले लगानी निर्देशिका अनुसार लगानी गर्ने हो । बीमालेख धितोमा कर्जा नगए हामीले बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी गर्छौ,’ उनले भने ।

यद्यपी बीमालेख धितोमा कति ब्याजदरमा कर्जा दिने भन्ने निर्णय बीमा कम्पनीहरूले नै गर्न सक्ने उनको भनाइ छ ।

बीमा कम्पनीबाट कसरी पाउन सकिन्छ ऋण ?

बीमालेख धितोमा कर्जा पाउनका लागि हरेक कम्पनीले आ–आफ्नै नियम बनाएका छन् । बीमा गरेको दुई वर्ष पछि मात्रै बीमालेख धितोमा ऋण लिन सकिने व्यवस्था व्यवस्था छ । तर एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि ऋण लिन सकिनेछ ।

यस शीर्षकमा बीमितले बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ती धितो नराखी ऋण प्राप्त गर्न सकिन्छ ।

बीमा कम्पनीबाट लिएको ऋण नतिरेसम्म बीमितलाई बीमा पोलिसी भने त्याग (सरेन्डर) गर्न छुट भने हुँदैन् । बीमा पोलिसी भने त्याग गर्नका लागि बीमा कम्पनीको लागि लिएको सम्पूर्ण कर्जा भुक्तानी हुनपर्छ ।

बीमा समितिले तोकेको प्रवाधान अनुसार बीमितले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण प्राप्त गर्न सकिन्छ । त्यस अनुसार बीमा कम्पनीलाई तिरेको बीमा शुल्कका आधारमा बीमितले कति बीमाशुल्क भुक्तानी गरेको छ सोही अनुसारको ऋण प्राप्त गर्न सकिने प्रावधान छ ।

यस्तो कर्जामा बीमा कम्पनीहरूले नै ब्याजदर निर्धारण गर्ने गरेको पाइन्छ । सामान्यतया १० देखि १२ प्रतिशतसम्ममा कर्जा प्रवाह हुँदै आएको पाइन्छ ।

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।