कम्पनी रजिष्ट्रार कार्यालयमा अब भीडभाड हुँदैन,'अनलाइन सेवा निर्देशिका' जारी हुँदै

Jul 31, 2020 05:43 PM Merolagani

सुवास निरौला

कम्पनी रजिष्ट्रार कार्यालयमा हुने भीडभाड अब कम हुने भएको छ। सबै काम अनलाइनबाटै गर्ने गरी कार्यालयले काम गर्ने भएपछि भीडभाड कम हुने भएको हो।

कार्यालयले अनलाइन सेवा निर्देशिका जारी गर्दै अब सबै काम अनलाइनबाट गर्ने जनाएको छ। कम्पनी प्रशासनको कामलाई चुस्त बनाउन यो निर्देशिका लागु गर्न लागिएको कार्यालयका रजिष्ट्रार प्रदीप अधिकारीले बताए।'हामी अनलाइन सेवा निर्देशिका' जारी गर्दैछौ। जसले अब कम्पनीको काम थप छिटो र छरितो बनाउने छ'अधिकारीले भने।

कार्यालयले अनलाइन सेवाको लागि सफ्टवेयर  प्रणालीको समेत विकास गरेको छ।लकडाउनको सदुपयोग गर्दै कार्यालयले एकीकृत डाटा बेस प्रणालीको विकास गरेको हो। उसले तयार गरेको डाटा बेसले रियल टाइम(तत समयको तथ्याङ्क) प्रकाशित गर्ने गरेको छ। पछिल्लो समय तयार भएको डाटा बेस आन्तरिक प्रयोजनको लागि प्रयोगमा ल्याउन थालिएको छ। जसले नेपालका कम्पनीको अवस्था,ट्रेन्ड लगायत सबै तथ्याङ्क निकाल्न सक्छ। उद्याेगहरूकाे र व्यक्तिगत कम्पनीको बारेमा एक क्लिकमा सबै काम गर्न कार्यालयलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो एकीकृत तथ्याङ्क प्रणालीको विकास गरिएको अधिकारीले बताए।

"म आउँदा नेपालमा कम्पनीहरू के कस्ता छन् भन्ने यकिन तथ्याङ्क केही थिएन। कार्यालयले काम गर्दा सबै किताब पल्टाउनु पर्ने स्थिति थियो। लक डाउनमा कामको चाप नभएको मौका पारी एकीकृत सफ्टवेयर निर्माण  गरिएको छ। जसले कम्पनीको बारेमा जस्ता सुकै गतिविधि रियल टाइम देखाउँछ।यसले अब भरसक मानिसलाई कम्पनीको काम गर्न रजिष्ट्रार कार्यालय आउनै नपर्ने बनाउने छ तर दस्तखत,औँठा छाप, फोटो लगायतका केही आवश्यक कागजात कार्यालयकै रोहबरमा गर्नु पर्ने भएकोले त्यो सम्भव हुन सकेन। एक पटक भने अाउनु पर्छ "अधिकारीले भने।

अब कार्यालयले मासिक गतिविधिको रिपोर्ट सार्वजनिक समेत गर्ने भएको छ। जसले आगामी दिनमा स्वतन्त्रतापूर्वक सबैले तथ्याङ्कको विश्लेषण समेत गर्न पाउने छन्।तयार भएको डाटा बेसले नमुनाका रुपमा नेपालमा कम्पनीहरूको अधिकृत पूँजी र चुक्ता पूँजीमा ठूलो अन्तर देखिने गरेको तथ्याङ्क निकालेको छ। चुक्ता पूँजीको तुलनामा अधिकृत पूँजी करिव सात प्रतिशत कम रहने गरेको छ। कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार बिहीबारसम्म दुई लाख ३६ हजार ६ सय ८४ कम्पनी दर्ता रहेको छ। उनीहरूकाे अधिकृत पूँजी तीन लाख ५२ खर्व रुपैयाँ रहेको छ भने चुक्ता पूँजी जम्मा २० खर्व ३० अर्व रुपैयाँ मात्रै रहेको छ।जुन अधिकृत पूँजीको ०.००६७६९ प्रतिशत मात्रै हो।

अधिकृत पुँजी भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने अधिकतम सीमा भन्ने बुझिन्छ । यस्तो अधिकतम सीमा कम्पनीको प्रबन्ध पत्र संशोधन गरी वृद्धि गर्न सकिने कानुनी व्यवस्था छ । तर नेपाली कम्पनीले धेरै नै अधिकृत पूँजी राख्ने गरेको पाइएको हो। जसलाइ कम गर्दै लैजानु पर्ने देखिएको कार्यालयले जनाएको छ।

लकडाउनको अवधिमा सुस्ताएको कम्पनी दर्ता दर समेत बढ्न थालेको छ। लकडाउन खुले यता दैनिक एक सयको हाराहारीमा कम्पनी दर्ता हुन थालेका छन्।बिहीबारसम्म कार्यालयमा पब्लिक कम्पनीको रुपमा १६ सय १० कम्पनी दर्ता भएका छन्। बिहीबार मात्रै ८२ वटा नयाँ कम्पनी कार्यालयमा दर्ता भएका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।