नेप्से १४०० विन्दुभन्दा तल, ५ कम्पनीमा सकारात्मक सर्किट

Aug 02, 2020 03:40 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर एक हजार ४०० विन्दुभन्दा तल झरेको छ। यस दिन नेप्से २.९७ प्रतिशत अर्थात ४२.७८ अंक घटेर एक हजार ३९६.२८ विन्दुमा पुगेर बन्द भएको हो।

नेप्से परिसूचक घटेपनि यस दिन ५ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आरम्भ चौतारी लघुवित्त, अजोड इन्स्योरेन्स, नेपाल फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र आँखुखोला जलविद्युतको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

जोशी हाइड्रोपावरको शेयरमूल्य भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आइतबार सेन्सेटिभ इण्डेक्स ८.१८ अंक घटेर २९२.७७ विन्दुमा पुगेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स ३.१७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०३ अंक घटेको छ। यस दिन १८९ कम्पनीको २७ हजार ८६० पटकको कारोबारमा १ अर्ब ८४ करोड १२ लाख ४२ हजार रुपैयाँ बराबरको ४६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेको छ। होटल उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.४९ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकिङ्ग, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको यस दिन २२ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।