नेप्से १ हजार ४०० को मनोवैज्ञानिक टेवा विन्दु परीक्षणमा

Aug 03, 2020 03:39 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक एक हजार ४०० को मनोवैज्ञानिक टेवा विन्दु परीक्षणमा रहेको देखिन्छ। अघिल्लो दिन एक हजार ४०० विन्दुभन्दा तल झरेको नेप्सेले यस दिन धेरै पटक सो विन्दुबाट फर्कने प्रयास गरेको छ।

केही दिन नेप्से यहि रेञ्जमा कारोबार भएमा आगामी साता बजारले सकारात्मक दिशा लिने लगानीकर्ताहरुले अपेक्षा गरेका छन्।

सोमबार नेप्से परिसूचक ७.५९ अंक अर्थात ०.५४ प्रतिशत बढेर एक हजार ४०३.८६ विन्दुमा पुगेर बन्द भएको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन १.४७ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ। यस दिन १९० कम्पनीको १६ हजार ६६६ पटकको कारोबारमा १ अर्ब २९ करोड २ लाख ५२ हजार रुपैयाँ बराबरको ५३ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

यस दिन अजोड इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल सेवा लघुवित्तको शेयरमूल्य यस दिन ७.२७ प्रतिशत बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंक र ओरियण्टल होटलको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएका दिव्यश्वरी हाइड्रोपावर, यूनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंक लिमिटेडको संस्थापक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३४ करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको २८ लाख १० हजार कित्ता संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनीको १० करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

९ उपसमूहको परिसूचक बढ्यो

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत बढेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।