बुधवार लकडाउन यताकै सर्वाधिक नयाँ कम्पनी दर्ता, एकै दिन २०९ कम्पनी दर्ताको नयाँ रेकर्ड

Aug 05, 2020 08:52 PM merolagani



सुवास निरौला

बुधवार एकै दिन कम्पनी रजिस्ट्रार कार्यालयमा दुई सय नौ नयाँ कम्पनी दर्ता भएका छन्। लक डाउन अवधि पछि बुधवार एकै पटक यति ठुलो सङ्ख्यामा कम्पनी दर्ता भएका हुन्।

आज मात्रै निर्माण, रियल स्टेट,उत्पादन मूलक कम्पनी बढी मात्रामा दर्ता भएको कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार प्रदीप राज अधिकारीले जानकारी दिए।जसमा निर्माणका ४३,रियल स्टेटका ३९ र उत्पादन मूलक ३७ वटा कम्पनी दर्ता भएका हुन्। आज दर्ता भएका सबै कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड रुपैयाँ रहेको छ। यो लक डाउन पछिकै सबैभन्दा बढी दर्ता हो। यस अघि दैनिक ८० देखि एक सयको हाराहारीमा नयाँ कम्पनी दर्ता हुँदै आएको अधिकारीले बताए। तर बुधवार एकाएक दुई सय भन्दा बढी कम्पनी दर्ता भएका हुन्।

नेपालमा पछिल्लो सामय रियल स्टेट कम्पनीको दर्ता गर्ने क्रम बढेको छ। कम्पनी दर्तामा उत्पादन मूलक कम्पनी दोस्रो स्थानमा छ। गत साता सम्म कम्पनी रजिस्टार कार्यालयमा रियल स्टेट कम्पनीको दर्ता संख्याँ ४९ हजार आठ सय ३३ रहेका थिए। दोस्रो स्थानमा रहेको उत्पादन मूलक कम्पनीको सङ्ख्या ३४ हजार तीन सय सात रहेको थियो।

अनलाइन सर्भिस भएपछि कम्पनी दर्ता गर्न फिजिकल मानिसहरू उपस्थित हुनु पर्दैन। नाम प्रस्ताव गरेर स्वीकृत हुने प्रावधान छ। लकडाउनकै अवधिमा समेत कम्पनी दर्ता गर्न कुनै समस्या थिएन। तर नयाँ व्यवसाय दर्ता गर्न लगानीकर्ता हरू नै इच्छुक नरहेका कारण लकडाउन अवधिमा नयाँ कम्पनी दर्ता असाध्यै न्यून रहेको थियो। तर लकडाउन खुले यता बिस्तारै नयाँ कम्पनी दर्ता बढ्दै गएको थियो। 

एकै पटक यत्रो सङ्ख्यामा कम्पनी दर्ता हुनुका दुई वटा कारण रहेको कम्पनी रजिस्ट्रार कार्यालयका पूर्व रजिस्ट्रार प्रेम कुमार श्रेष्ठले बताए। उनका अनुसार नयाँ कम्पनी दर्ताले बिस्तारै मुलुक आर्थिक गतिविधि उन्मुख देखिएको छ। यसले मुलुक बिस्तारै आर्थिक गतिविधि उन्मुख भएको सङ्केत गरेको छ। लकडाउन अवधिमा रोकिएका काम समेत यति बेला बिस्तारै सुरु भएको छ। जसका कारण एकै दिन ठुलो सङ्ख्यामा कम्पनी दर्ता भएका हुन्।

केही दिन देखि रोकिएको काम समेत सुचारु हुँदा एकै पटक ठुलो सङ्ख्यामा कम्पनी दर्ता भएको उनको भनाइ छ। "दुई,तीन दिन देखि अनलाइन कम्पनी दर्तामा थोरै समस्या आएको थियो । जुन सहज भएका कारण  पनि एकै पटक ठुलो सङ्ख्यामा कम्पनी दर्ता भएका हुन् " श्रेष्ठले भने।  




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।