क्रिष्टलको घरबाटै खाता खोल्न,नवीकारण गर्न र अध्यावधिक गर्न सकिने याेजना

Aug 09, 2020 05:10 PM Merolagani



क्रिष्टल कन्चनजंघा सेक्युरिटिज प्राली (ब्रोकर नम्बर ५०) ले घरबाटै नयाँ खाता खोल्न, नविकरण गर्न र अध्यावधिक गर्न सकिने व्यवस्था सहितको सुविधा ल्याएको छ । उक्त सेक्युरिटिजले आइतबार ग्राहकको सुविधालाई ध्यानमा राखेर यस्तो योजना ल्याएको जनाएको छ ।

क्रिष्टल कन्चनजंघा सेक्युरिटिजका कार्यकारी अध्यक्ष प्रियराज रेग्मीद्धारा जारी बिज्ञप्तिमा यस्तो व्यवस्थापछि ग्राहकहरू कार्यालय धाइरहनु नपर्ने उल्लेख छ । ‘नयाँ खाता खोल्न र पुरानो खाता अध्यावधिक वेबसाइटबाट गर्न सकिने तर नयाँ खाता खोल्न चाहनेले ग्राहकले दरखास्त प्रमाणित गर्न एक पटक कार्यालय आउनु पर्ने छ,’ बिज्ञप्तिमा भनिएको छ ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।