लिवर्टी ईनर्जीको आईपीओ बाँडफाँट

Aug 10, 2020 11:44 AM Merolagani



लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। सो शेयर कम्पनीले साउन २४ गते बाँडफाँट गरेको हो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।