खर्च नियन्त्रण गर्न नसक्दा गणपति माइक्रोफाइनान्सको नाफा २१ प्रतिशतले घट्यो

Aug 12, 2020 03:08 PM Merolagani

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था (GMFBS)ले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा नाफा घटेकाे वित्तीय विवरण प्रकाशित गरेकाे हो ।

   गत आर्थिक वर्षको असार मसान्तसम्ममा माइक्रोफाइनान्सले २ करोड ३९ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लाे आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५ लाख ३४ हजार रुपैयाँ अर्थात २१.४३ प्रतिशत कम हो । 

अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ३ करोड ४ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी बढेपनि कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च नियत्रण गर्न नसक्दा खुद नाफामा असर गरेको हो ।

यस्तै निष्क्रिय कर्जा बढेसँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याउँदा पनि खुद नाफा घट्न झनै दबाव पुगेको देखिन्छ ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सको निष्क्रिय कर्जा अनुपात ०.६९ प्रतिशतबाट बढेर १.७७ प्रतिशतमा पुगेको छ । यससँगै माइक्रोफाइनान्सले सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले यस्तो व्यवस्था बापत ५३ लाख ५२ हजार रुपैयाँमात्र छुट्याएको थियो ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ५४.५७ प्रतिशत बढेर ९ करोड ४१ लाख ४६ हजार पुगेको छ । यस्तै माइक्रोफाइनान्सको सञ्चालन मुनाफा भने ६९ लाख ८७ हजार रुपैयाँले घटेर ३ करोड ३ लाख ९० हजार रुपैयाँ सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीका माइक्रोफाइन्न्सको सञ्चालन मुनाफा ३ करोड ७३ लाख ७७ हजार रुपैयाँ थियो ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड ८३ लाख ८८ हजार रुपैयाँ कर्मचारीको लागि खर्च गरेको छ । यस्तै २ करोड १८ लाख रुपैयाँ अन्य सञ्चालन छुट्याएको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधीको तुलनामा कर्मचारी खर्च ५१.९८ प्रतिशत र अन्य सञ्चालन खर्च ११.५७ प्रतिशतले बढेको छ ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३० करोड ३९ लाख ३२ हजार रुपैयाँ निक्षेप र ८६ करोड ५९ लाख रुपैयाँ सापटीबाट कूल १ अर्ब ३४ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

११ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस माइक्रोफाइनान्सको जगेडा कोषमा ३ करोड २५ लाख रुपैयाँ सञ्चित छ ।

सो अवधिसम्ममा माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६३ पैसा, प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात ३६.७५ प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।