नेप्से साढे १६ अंक घट्दा पनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

Aug 13, 2020 04:05 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.१६ प्रतिशत घटेर बन्द भएको छ। बिहीबार नेप्से १६.५३ अंक घटेर एक हजार ४०८.७९ विन्दुमा झरेको हो। यस दिन १९१ कम्पनीको २१ हजार ३६७ पटकको कारोबारमा १ अर्ब ४ करोड ८९ लाख रुपैयाँ बराबरको ३३ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.१५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.२५ प्रतिशत र सेन्सेटिभ इण्डेक्स १.३१ प्रतिशत घटेको छ।

यस दिन बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। यस दिन दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा यस दिन सकारात्मक सर्किट लागेको हो। दिव्यश्वरीको शेयरमूल्य यस दिन ५ रुपैयाँ बढेर ५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने साधना लघुवित्तको ५७ रुपैयाँ बढेर ६३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य भने यस दिन ५.६८ प्रतिशत घटेको छ।

बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक भने ०.०६ प्रतिशत बढेको छ।

 

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ भने नेपाल पुनर्बीमा कम्पनी दोस्रो स्थानमा रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।