लिवर्टी इनर्जीको आईपीओ बिक्री खुला, आवेदन दिनुअघि कम्पनीका बारेमा जान्नै पर्ने कुराहरु

Aug 19, 2020 06:39 AM Merolagani

लिवर्टी ईनर्जी कम्पनी लिमिटेड (LECL) काे प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले आज बुधबारदेखि सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशनमा ल्याएको हो।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका देखि अधिकतम १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ १७ गते सम्म आवेदन खुल्नेछ।

लिवर्टी ईनर्जी कस्ताे कम्पनी हाे ?

कम्पनीले हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हाल उक्त आयोजनाको टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भइसकेको छ भने हेडवक्र्स तथा डिसेण्डर र पावर हाउसको तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भैसकेको छ ।

यस्तै पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य कार्य अन्तिम चरण पुगेको छ । उक्त आयोजनाको निमार्ण कार्य करिब ९८ प्रतिशत सम्पन्न भएको छ भने कार्तिक मसान्त सम्मकमा आयोजनाको सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ८.२० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष रहेको छ।

कम्पनीले पहिलाे चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १५ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। निष्काशन गरेको कुल शेयरमध्ये आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा स्थानियलाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ मा स्थानियलाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता बाँडफाँड गर्ने व्यवस्था गरिएकाे थियाे। त्यसैगरी, सो बाहेकका लमजुङ्ग जिल्लाका सम्पूर्ण बासिन्दाहरुका लागि बाँकी ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता शेयर बाँडफाँड गरिएकाे थियाे।

शेयर निष्काशनपश्चात कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५० कराेड रूपैयाँ हुनेछ। जसमध्ये संस्थापक समूहकाे ७५ प्रतिशत हुनेछ भने स्थानीय बासिन्दाकाे १० प्रतिशत र सर्वसाधारणकाे १५ प्रतिशत हुनेछ।

आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले १५ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७८ मा १९ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ।

कम्पनीले यी आवहरुमा प्रतिशेयर नेटवर्थ क्रमशः १०५ रुपैयाँ ७४ पैसा, ११६ रुपैयाँ ७ पैसा र १२९ रुपैयाँ १२ पैसा तथा प्रतिशेयर आम्दानी क्रमशः ५ रुपैयाँ ७४ पैसा, १० रुपैयाँ ३३ पैसा र १३ रुपैयाँ ५ पैसा हुने प्रक्षेपण गरेको छ।

कम्पनीको आईपीओ प्रत्याभूतिकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ। विवरणपत्रद्वारा निष्काशन तथा बिक्री गरिने साधारण शेयरहरु बिक्री नभएमा प्रभु क्यापिटलबाट ३७ लाख ५० हजार कित्ता बराबर ३७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर प्रत्याभूती गरिएको हो।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।