निषेधाज्ञाका कारण स्थगित भएको बिओकेको शेयर लिलाम बिक्री आजदेखि पुनः खोलिने

Sep 15, 2020 07:03 AM Merolagani



निषेधाज्ञाका कारण स्थागित भएको बैंक अफ काठमाण्डू (BOKL) को शेयर लिलाम बिक्री आज (भदौ ३० गते) देखि पुनः खोलिने भएको छ।

बैंकको लिलामी शेयर खरिदका लागि आजदेखि असोज ४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

बैंकले गत भदौ १ गतेदेखि ८ गतेसम्म संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गरेको थियो। निषेधाज्ञाका कारण सो म्याद थप गरी भदौ १५ गते पुर्याइएको थियो। तर, सो अवधिसम्ममा पनि उपत्यकमा निषेधाज्ञा जारी नै रहने हुनाले सो कार्य स्थगित गरेको थियो।

बोलपत्र असोज ५ गते बिहान १०ः३० बजे खोलिने बैंकले जनाएको छ।

बैंकको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।