निषेधाज्ञाका कारण स्थगित भएको बिओकेको शेयर लिलाम बिक्री आजदेखि पुनः खोलिने

Sep 15, 2020 07:03 AM Merolagani



निषेधाज्ञाका कारण स्थागित भएको बैंक अफ काठमाण्डू (BOKL) को शेयर लिलाम बिक्री आज (भदौ ३० गते) देखि पुनः खोलिने भएको छ।

बैंकको लिलामी शेयर खरिदका लागि आजदेखि असोज ४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

बैंकले गत भदौ १ गतेदेखि ८ गतेसम्म संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गरेको थियो। निषेधाज्ञाका कारण सो म्याद थप गरी भदौ १५ गते पुर्याइएको थियो। तर, सो अवधिसम्ममा पनि उपत्यकमा निषेधाज्ञा जारी नै रहने हुनाले सो कार्य स्थगित गरेको थियो।

बोलपत्र असोज ५ गते बिहान १०ः३० बजे खोलिने बैंकले जनाएको छ।

बैंकको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।