भदाैबाट चंगाकाे व्यापार चम्कियाे,लकडाउनले माेबाइल क्रेजी बनेका बालबालिका चंगामा मस्त भुल्दै

Sep 15, 2020 11:38 AM Merolagani

  • ज्याेति शाह

अन्य वर्ष दशैंको समयमा मात्र रंगिन देखिने काठमाडौंको आकाश हाल चंगाले रंगिएको देख्न सकिन्छ । कोभिड १९ संक्रमण उपत्यकामा फैलिएसँगै लकडाउनका कारण घरको पर्खालभित्र बस्न बाध्य भएका कैयन् मानिसहरुको फुर्सदिलो समय चंगा उडाएर बित्ने गरेको छ ।

१३ वर्षिय सिजन थापा भदौ लागेदेखि नै बेलुकाको समय चंगा उडाएर बिताउँछन् । कक्षा ८ मा पढ्ने उनको सामान्यतया दुई घण्टा मात्र अनलाईन कक्षा हुने गर्दछ । त्यसपछि उनी धुम्बाराहीस्थित घरको छतमा गएर चंगा उडाइरहेका भेटिन्छन् । 'मोबाइल मात्र हेरिरहने गथ्र्यो, दिक्क लागेर चंगा किनेर ल्याइदिएको अहिले खेलिरन्छ,' सिजनका बुवा कृण्ण थापा भन्छन् । कृण्ण पनि बेलामौकामा छोरासँगै चंगा र लट्टाईको खेलमा मस्त हुने गर्छन् ।

कोभिड १९ संक्रमण हुने डरले प्राय मानिस अहिले घरबाट नै काम तथा अध्ययन गर्नुपर्ने बाध्य भएका छन् । बालबालिकाकालागि हाल पार्क देखि अन्य खेलकुद गर्ने मैदान सुरक्षित नभएकाले चंगा रमाइलो खेल बन्ने गरेको छ । विशेषगरी मोबाइल र इन्टरनेटमा नै बित्ने गरेको उनीहरुका दैनिकी चंगाले विस्थापित गरेको छ ।

दशैँको समयमा देशका विभिन्न स्थानमा आयोजना हुने चंगा मेलाकालागि कोरोना भाइरस संक्रमणका कारण हालसम्म पनि कुनै योजना बनेको देखिँदैन । वर्षा र सहकालका देवता इन्द्र समक्ष खेतीबालीकोलागि पानी पुग्यो भन्ने सन्देश दिन चंगा उडाउने प्रचन सुरु भएको बताईन्छ । यद्यपी चंगा उडाउनुबारे अन्य रोचक कथा पनि सुन्ने गरेको पाईन्छ । वर्षौदेखि दशैमा चंगा उडाउने हुल देखिने गरेको काठमाडौंका खुला चौर र छत दुई चार वर्ष देखि भने केहि सुस्ताएको देखिएको छ । मोबाइल र इन्टरनेटको पहुँचसँगै चंगा उडाउने संस्कृतिको लोप हुने खतरा व्यवसायीहरुले देख्ने गरेका थिए । तर कोरोना भाइरस संक्रमणका करण बढेको जोखिमले भने मानिसहरुलाई इन्टरनेटमा मात्र सिमित राख्न सकेन । फलस्वरुप इन्टरनेट र मोबाइलको विकल्प बनेको छ चंगा ।

हाल बजारमा चंगा पाँच रुपैयाँदेखि १५० रुपैयाँँसम्म पाइने गरेको व्यवसायी बताउँछन् । सुरुवातमा नेपालमा बन्ने गरेको चंगा प्रयोग भएतापनि हाल भने धेरैजसो भारतबाट आयात हुने गरेको छ ।

दिनोज चित्रकार असनस्थित चंगा पसलका व्यापारी हुन् । तीन पुस्तादेखि चंगा व्यापार गरिरहेका चित्रकार परिवारले चंगा संस्कृतिलाई नजिकबाट नियालेको छ । सोहि परिवारका दिनोजलाई अहिले भ्याइनभ्याइ छ ।

लकडाउनको समयमा व्यापार भएका कारण हाल दिनोजको पसलमा पर्याप्त चंगा छैन । हरेक वर्षको जेठ महिनादेखि चंगा बिक्री सुरु गर्ने दिनोज यस वर्ष भने लकडाउनका कारण केहि ढिलो भएको दिनोजले मेरोलगानीलाई बताए ।

फागुनको पहिलो साता आएका चंगा पनि सकिसकेको उनी सुनाउँछन् । 'मोबाइल र इन्टरनेट मात्र चलाउँदा मानिसहरु दिक्क भएकाले केहि अगाडि देखि नै राम्रो व्यापार भएको हो । अबको एक हप्तामा भारतबाट चंगा आयात भएपछि पसल पुन: पुरानै गतिमै संचालन हुनेछ,' उनी भन्छन् । दिनोजलाई अघिल्ला केहि वर्षभन्दा यो वर्षको दशैँमा व्यापार राम्रो हुने अपेक्षा छ ।

नेपाल सरकारको भन्सार विभागसँग भने चंगा आयात र निर्यातको यकिन तथ्यांक छैन । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार चंगा खेलौना भित्र पर्ने भएकाले यसको विशेष तथ्यांक रहेको छैन । अन्तराष्ट्रिय बजारमा चंगाको ठुलो व्यापार नहुने भएकाले पनि यसको छुट्टै शिर्षकमा राख्न नगरेको पनि उनले मेरोलगानीलाई बताए ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।