नागरिक स्टक डिलरले दसैँ अघि काम नथाल्ने,छुटै डाटा सेन्टर खोल्न महँगो पर्ने भएपछि नेप्सेले दियाे सहुलियत

Sep 26, 2020 08:22 PM Merolagani



 

दसैँ अघि नागरिक स्टक डिलरकाे काम सुरु नहुने भएको छ। उसले प्राविधिक पक्ष मिलाउनु पर्ने भएकोले दसैँ अघि काम सुरु नगर्ने भएको हो।

स्टक डिलरको लागि नेपाल धितोपत्र बोर्डले काम अघि बढाउन यस अघि नै निर्देशन दिई सकेको छ। उता, नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भने उसलाई प्राविधिक पक्ष तयार गरी आउन भनेको छ।  दुवै निकायले भने अनुसारको प्रविधि जडान गरेपछि मात्रै कम्पनीले काम गर्न पाउने नेपाल धितोपत्र बोर्ड र नेप्सेले जनाएका छन्।

यता, स्टक डिलरको काम गर्ने तयारी गरिरहेको नागरिक स्टक डिलरले जनाएको छ। दुवै निकायले तोकेको मापदण्ड अनुसारको प्राविधिक संयन्त्रको जोहो गर्न कम्पनीले काम गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक इन्द्र कुमार कट्टेलले जानकारी दिए। उक्त प्रक्रिया सकिए लगत्तै काम सुरु हुने उनको भनाई छ। "बोर्ड र नेप्सेले भने अनुसारको प्रविधि संयन्त्रको टुङ्गो लगाउने पक्रियामा छौ । उक्त विषयको टुङ्गो लागे लगत्तै काम सुरु हुन्छ"कट्टेलले मेरो लगानीसँग भने।

नेप्सेले अन्य ब्रोकर कम्पनीहरूलाई दिएको भन्दा बढी क्षमताकाे प्राविधिक संयन्त्रको जोहो गर्न स्टक डिलरलाई निर्देशन दिएको छ। उसले छुट्टै डाटा सेन्टर खोल्न भनेको छ। तर छुट्टै डाटा सेन्टर खोल्न महँगो पर्ने भएपछि कम्पनीले माग गरेको सहुलियतमा नेप्से थोरै लचक भएको छ। उसले क्लाउडमा जान सक्ने गरी नेप्सेले छुट दिएको छ।

नेप्सेले क्लाउडमा जान छुट दिएको भए पनि प्राविधिक क्षमतामा भने उसले कडाइ गरेको छ। डिलरकाे आफ्नै व्याक अ सेन्टर हुनु पर्ने,सर्भरको क्षमता पनि धेरै हुनु पर्ने लगायतका मापदण्ड नेप्सेले तोकेको छ। उक्त मापदण्डको विषयमा कम्पनीले सेवा प्रदायक कम्पनी वाइको र डेटा सेन्टर सेवा प्रदायक कम्पनी डाटा हबसँग कुराकानी गरिरहेको छ।

कम्पनीले धेरै चरणमा यी दुवै कम्पनीसँग छलफल गरिरहेको छ। नेप्सेले तोकेको मापदण्ड अनुसार प्रविधिको जोहो गर्न खर्चिलो देखिएपछि त्यसलाई कसरी कम खर्चमा काम गर्ने गरी बनाउन सकिन्छ भनेर कम्पनीले पटक पटक छलफल गरिरहेको छ। तर,अझै सेवा प्रदायक कम्पनी र डिलर बीच कुरा मिलेको छैन।

कम्पनीले पाँच लाख रुपैयाँ भन्दा बढी खर्च गर्नु परे सार्वजनिक खरिद एेन मार्फत जानु पर्छ। किनकि धेरै जसो सरकारी स्वामित्व भएको कम्पनीले सार्वजनिक खरिद एेन मार्फत काम गर्नु पर्ने हुन्छ। पाँच लाख भन्दा बढी रकम लाग्ने भए उसले सार्वजनिक खरिद एेन मार्फत नै जानु पर्ने छ। जुन प्रक्रियामा जाँदा कम्तीमा पनि तीन महिनाको समय लाग्ने छ।

कसरी फास्ट ट्र्याकमा काम गर्न सकिन्छ भन्ने विषयमा कम्पनीले बारम्बार छलफल गरिरहेको छ। उसले सार्वजनिक खरिदमा नगई नयाँ बाटो खोजिरहेको छ। तर विज्ञहरुले  बढी खर्च गर्दा आफैले निर्णय नगर्न सुझाव दिएका छन्। त्यसरी जाँदा खरिदमा प्रश्न उठ्ने भन्दै उनीहरूले कम्पनीलाई सुझाएका हुन्। 

डिलरले डाटा सेन्टर र ब्याक अफिसको सबै जोहो गरेपछि मात्रै छुट्टै टिएमएस जडान गर्न पाउने छ। कम्पनीले आफै शेयर खरिद बिक्री गर्ने गरी अनुमति माग गरेको छ। जसका लागि हाल ब्रोकर कम्पनीले अवलम्बन गरिरहेका भन्दा राम्रा प्रविधिको जोहो गर्न नेप्सेको निर्देशन छ। उक्त प्रविधिको जोहो गरिसकेपछि मात्रै कम्पनीले ब्रोकर जस्तै गरी आफैले शेयर खरिद बिक्री गर्न पाउने छ।

सबै संयन्त्रको विकास दसैँ अघि सम्भव देखिएको छैन। सार्वजनिक खरिद मार्फत जानु पर्ने भए उसको काम सरु हुन अझै केही महिना थप समय लाग्ने छ। 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।