खाद्य कम्पनीले नुनदेखि चामलसम्म फ्री होम डेलिभरी गर्दै,दसैँमा खसी अनलाइनमै ? यस्तो छ तयारी

Sep 26, 2020 09:01 AM Merolagani

सुवास निरौला

तत्कालीन नेपाल खाद्य संस्थान हाल परिवर्तित नेपाल खाद्य कम्पनीले आक्रामक बजार बिस्तारको योजना अघि सारेको छ। नुनदेखि चामलसम्म घरमै होम डेलिभरी सेवा दिदै उसले आक्रामक बजार बिस्तर योजना अघि सारेको हो। 

सरकारी कम्पनी भन्ने बित्तिकै ढिला सुस्ती र परम्परागत सोच राख्ने सर्बसाधारणला लक्षित गर्दै उसले इ कमर्स बिजनेस सुरु गरेको छ। नयाँ पुस्ता र परिवर्तित ग्राहकको स्वभावलाई मध्यनजर गर्दै आधुनिक बिजनेस प्लान अघि सारको हो।

कम्पनीले सहुलियत सेवा र व्यापारलाई समानान्तर रुपमा अघि बढाउने योजनामा काम गरिरहेको छ। उसले सर्बसाधारणलाई सहुलियत मूल्यमा सामान उपलब्ध गराउनेदेखि लिएर व्यापारको काम समेत गर्ने योजनमा काम गरिरहेको नेपाल खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद सुबेदीले जानकारी दिए।

पछिल्लो समय लिएको रणनीतिले कम्पनीलाई नाफामा समेत लैजान सुरु गरेको छ। प्रारम्भिक चरणको हिसाबमा कम्पनी यो वर्ष नाफामा जाने देखिएको हो। यति बेला अडिटको काम भइरहेको छ। "कम्पनीले लिएको रणनीतिले यो वर्ष थोरै नाफामा जाने देखिएको छ । यस वर्ष थोरै देखिए पनि अर्को बर्षबाट कम्पनी राम्रै मुनाफामा जाने हाम्रो अनुमान छ" सुबेदीले मेरो लगानीसँग भने।

कम्पनीले गत चैतदेखि अनलाइनबाटै घरायसी सामान बिक्री गर्दै इ कमर्स बिजनेसको सुरुवात गरेको हो। हाललाई उपत्यका र सुर्खेतबाट उक्त सेवा सुरु गरिएको सुबेदीले जानकारी दिए। लकडाउनको समयमा सर्बसाधारणलाई सहुलियत दिन भन्दै कम्पनीले अनलाइनबाट खाद्य सामाग्री बिक्री गर्न सुरु गरेको सुबेदीले बताए। लकडाउनबाट सुरु गरिएको अनलाइन खाध्यान्न बिक्री कार्यक्रम अब निरन्तर चल्ने भएकाे छ। कम्पनीले विक्रीका लागि राखेका कुनै पनि सामान सर्वसाधारणले घरमै प्राप्त गर्न सक्ने छन्। कम्पनीले बिक्रीका लागि राखेको सामानमा फ्री होम डेलिभरी व्यवस्था समेत गरिएको छ।

कम्पनीले हाललाई उपत्यकाको हकमा रिङ रोड भित्र घरमै सामान डेलिभरी गर्ने गर्छ। कम्पनीसँग सहकार्य गर्दै आएको अर्को इ कमर्स बिजनेस कम्पनी सस्तो डिलले भने रिङ रोड बाहिर सात किलोमिटरसम्म सेवा दिने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने जानकारी दिइन्। कम्पनीले होम डेलिभरीको सुबिधा दिएको भए पनि उसले खरिद गर्ने सामानको मात्रा हेरेर मात्रै उक्त सेवा सित्तैमा दिने गरेको छ। कम्तीमा दुई हजार रुपैयाँको समानको खरिदमा मात्रै उसले होम डेलिभरी सेवा दिने गर्छ। 

तर उसले बजार मूल्य भन्दा केही सस्तैमा सामान बिक्री गरिरहेको जनाएको छ। उसले डिडिसि कम्पनीको प्रति लिटर घ्यु आठ सय ७० रुपैयाँमै बिक्री गरिरहेको छ। दुर्गमा पहाडी जिल्लाका उत्पादन समेत  बिक्रीमा ल्याइएको छ। चामल, दाल,घ्युदेखि नुन सम्म उसले बिक्रीमा राखेको छ।

काठमाण्डौमा दशैका लागि ल्याइने खसी बोका पनि अनलाइनबाट अर्डर लिने योजनामा कम्पनीले छलफल गरिरहेको छ। अनलाइनबाट अर्डर लिएको आधारमा कति खसी, बोका आयात गर्नु पर्छ भन्ने यकिन गर्नको लागि समेत अनलाइनबाटै अर्डर लिने विषयमा  छलफल अघि बढाइएको छ। तर यस विषयमा कम्पनीले निर्णय भने गरिसकेको छैन। आम उपभोक्ताले पनि खसी बोका समेत अनलाइनबाटै अर्डर र डेलिभरी सुबिधा दिनु पर्ने माग गरिरहेका छन्।

हाल अनलाइनबाट समान खरिद गर्दै आएका नियमित ग्राहकले त्यस विषयमा योजना ल्याउन माग गरेका हुन्। तर पहिलो वर्ष कम्पनीले इ कमर्सको बिजनेस सुरु गरेकोले उक्त सुबिधा दिने या नदिने भन्ने निर्णय गर्न सकेको छैन। उक्त सेवा दिने भए कम्पनीले आफ्नै वेभ पोर्टलबाट अर्डर लिने जनाएको छ। उसका अनलाइन प्रडक्ट खरिद गर्न नेपाल फुड.जिओभि.एनपि (www.nepslfood.gov.np) लग इन गर्नु पर्ने छ।  

यसैगरी,कम्पनीले दसैँमा सहुलियत पसल खोल्ने समेत तयारी गरिरहेको जनएको छ। उसैको आउट लेटबाट सहुलियतमा उक्त सामान बिक्री गर्ने तयारी यति बेला गरिरहेको न्यौपानेले बताइन्। सहुलियत पसल खोल्ने टुङ्गो लागिसकेको तर एकीकृत खोल्ने या छुट्टाछुट्टै खोल्ने अझै टुङ्गो नलागेको न्यौपानेको भनाइ छ। त्यसका लागि साल्ट ट्रेडिङ र डीडीसीसँग आउँदो आइतबार हुने छलफलबाट टुङ्गो लाग्ने बताइएको छ। भीडभाड बढी हुने भएकोले भरसक आआफ्नै आउट लेट बाट सहुलियत मूल्यमा सामान बिक्री गर्ने योजनामा सबै निकाय रहेका छन्। अर्को संस्थाको सामान बिक्री गर्नै पर्ने भए पनि निश्चित प्रडक्ट मात्रै बिक्रीमा लैजाने प्रारम्भिक योजना कम्पनीको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।