चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको कम्पनी विश्लेषण

Sep 26, 2020 04:19 PM Merolagani



पछिल्लो समय लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुको शेयरमा आकर्षित भइरहेका छन्। यससँगै जलविद्युत कम्पनीहरुको शेयरमूल्य बढ्न थालेको छ।

जलविद्युत कम्पनीहरुमध्ये चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) दोस्रो बजारका अधिकांश लगानीकर्ताहरुको रोजाइमा पर्ने कम्पनी हो। यसै साता मात्र २ वर्ष यताकै उच्च विन्दुमा पुगेको यस कम्पनीको शेयर असोज ८ गते बिहीबार प्रतिकित्ता ५१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सो दिन ५०४ रुपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीको शेयर ५२२ देखि ५०३ रुपैयाँसम्म खरिदबिक्री भएको थियो।

यस अनुसार आगामी साता कम्पनीको शेयरमूल्य उकालो लागेमा ५४० मा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा ४८० मा टेवा पाउने देखिन्छ।

शेयरमूल्यसँगै यस साता कम्पनीको भोल्यूम पनि बढेको देखिएको छ। गत साता यस कम्पनीको दैनिक औषतमा ६४ हजार ४३३ कित्ता शेयर खरिदबिक्री भएको छ। यो अघिल्लो साताको तुलनामा ०.९७ प्रतिशत बढी हो। त्यसैगरी, कम्पनीको पछिल्लो २० दिनको औषत भोल्यूम ६३ हजार ८१६ कित्ता रहेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९६ करोड ७३ लाख १७ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको यस कम्पनीले सो अवधिसम्ममा ७५ करोड १४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब २९ करोड ६२ लाख रुपैयाँ सञ्चित छ।

गत असार मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ १६ पैसा कायम भएको थियो। असोज ८ गतेको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ३९.१३ गुणा रहेको छ। कम्पनीको बुक भ्यालु १७५ रुपैयाँ २४ पैसा र आरओई ७.५१ प्रतिशत छ।

असोज ८ गते कम्पनीको आरएसआई ७०.४१ स्केल अर्थात ओभरबट जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदचाप बढेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणमा कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको देखिएको छ।

हाल कम्पनीको ५ करोड ७० लाख ९७ हजार ६३० कित्ता शेयर नेप्सेमा सूचीकृत छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण २९ अर्ब ४० करोड ५२ लाख ७९ हजार ४५० रुपैयाँ पुगेको छ। कम्पनीको पछिल्लो १८० दिनको औषत मूल्य ४१४ रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ५२१ रुपैयाँ रहेको छ भने ३४५रुपैयाँ छ।

फियर एण्ड ग्रीड मिटरमा ‘ग्रीड’ जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्ने अपेक्षामा खरिद गरिरहेको संकेत गर्दछ।

(नोटः उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण छैन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि थप विश्लेषण गर्नु जरुरी छ।)




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।