सिभिल बैंकले ८ लाख ६७ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने

Oct 02, 2020 08:03 AM Merolagani



सिभिल बैंक लिमिटेड (CBL) ले संस्थापक समूहतर्फको ८ लाख ६७ हजार ६०४ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको छ।

लिलामीमा आएको सो शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असोज १६ गतेदेखि ३० गतेभित्र बोलपत्र पेश गर्नु पर्नेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन। लगानीकर्ताले सिभिल क्यापिटल मार्केटमा आवेदन बुझाउनु पर्नेछ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।