सिभिल लघुवित्तले ८९ हजार कित्ता शेयर असाेज २५ गतेदेखि लिलाम बिक्री गर्ने

Oct 04, 2020 10:55 AM Merolagani



सिभिल लघुवित्त वित्तीय संस्था (CLBSL) ले हकप्रदमा बिक्री नभएका ८९ हजार कित्ता शेयरको लिलामी बिक्री गर्ने भएको छ। 

लघुवित्तले असोज २५ गतेदेखि संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कुल ८९ हजार ४५० कित्ता शेयर लिलामी बिक्री गर्न लागेको हो।

लिलामी शेयरमा आवेदन दिन चाहनेले कार्तिक २ गतेसम्ममा सेञ्चुरी क्यापिटल तथा सेञ्चुरी बैंकका तोकिएका शाखा कार्यलयबाट आवेदन पेश गर्न सक्नेछन्।

लिलामी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदकले न्यूनतम १०० रुपैयाँ अंकित गरि आवेदन पेश गर्न सक्नेछन्।

बोलकबोल पेश गर्दा संस्थापकको हकमा न्यूनतम १ हजार कित्ता र साधारणको हकमा न्यूनतम १०० कित्ता शेयर खरिदको लागि आवेदन दिनुपर्नेछ। अधिकतम नेपाल राष्ट्र बैंकले तोकेको एक व्यक्तिले किन्न वा राख्न पाउने शेयर संख्याभन्दा कम शेयर खरिदको लागि आवेदन पेश गर्न सकिनेछ।

लगानीकर्ताले आफुले लिन चाहेको शेयर कित्ता र शेयर मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन्। बोलपत्रमा सबैभन्दा बढी बोलपत्र पेश गर्न आवेदकलाई पहिलो प्राथामिकतामा राखेर क्रमैसँग शेयर बाँडफाँड गरिने छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।