जनरल इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, मंगलबारदेखि दाेस्राे बजारमा काराेबार गर्न पाइने

Oct 12, 2020 12:21 PM Merolagani



असोज २६ गते, सोमबार जनरल इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।
कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो।

 सूचीकरणसँगै असाेज २७ गते, मंगलबारबाट इन्स्योरेन्सको शेयर कारोबार दोस्रो बजारमा शुरु हुने भएको छ। पहिलो कारोबारको लागि नेप्सेले १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको छ। इन्स्योरेन्सलाई नेप्सेले जीआईसी स्टक टिकर प्रदान गरेको छ।