जनरल इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, मंगलबारदेखि दाेस्राे बजारमा काराेबार गर्न पाइने

Oct 12, 2020 12:21 PM Merolagani



असोज २६ गते, सोमबार जनरल इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।
कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो।

 सूचीकरणसँगै असाेज २७ गते, मंगलबारबाट इन्स्योरेन्सको शेयर कारोबार दोस्रो बजारमा शुरु हुने भएको छ। पहिलो कारोबारको लागि नेप्सेले १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको छ। इन्स्योरेन्सलाई नेप्सेले जीआईसी स्टक टिकर प्रदान गरेको छ।

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।