स्पेशल प्रि ओपन सेसनमा भएन जनरल इन्स्योरेन्सको कारोबार

Oct 13, 2020 11:02 AM Merolagani



असोज २७ गते मंगलबार स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार हुन सकेन। स्पेशल प्रि ओपन सेसनमा काराेबार नभएपछि आज  नियमित सेसनमा इन्स्याेरेन्सकाे शेयर काराेबार नहुने भएकाे छ।

इन्स्योरेन्सको आजदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने गरी असोज २६ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो।

इन्स्योरेन्सले पहिलो कारोबारको लागि १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो।

अब यस इन्स्योरेन्स पहिलो कारोबार भोलिको स्पेशल प्रि ओपन सेसनमा गर्न सकिनेछ। भोलिको स्पेशल प्रि ओपन सेसनमा म्याचिङ्ग भइ कारोबार भएपछि मात्रै नियमित सेसनमा कारोबार गर्न पाइने व्यवस्था रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।