सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरीको बोदेबर्साइनमा

Oct 14, 2020 05:59 PM Merolagani



सानिमा बैंकले (SANIMA) बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकको बोदेबर्साइन विस्तारित काउन्टर असोज २८ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।

सप्तरीको बोदेबर्साइन ५ स्थित, बोदेबर्साइन विस्तारित काउन्टरको उद्घाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरेका हुन् । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।