मन्त्रिपरिषद हेरफेर,अर्थमन्त्रीमा विष्णु पौडेल

Oct 14, 2020 06:02 PM merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । उनलाइ उपप्रधानमन्त्रीकाे  जिम्मेवारी  दिएर रक्षामन्त्रालय प्रधानमन्त्रीले  लिएका छन् ।

त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्रीका अति निकट मानिएका महेस बस्नेतलाइ  मन्त्री बनाउने चर्चा चलेपनी उनी यस पटकमा  मन्त्रीपरिषद हेरफेरमा परेनन् ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।