दोस्रो पटक भए विष्णु पौडेल अर्थमन्त्री

Oct 14, 2020 06:31 PM merolagani



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल दोस्रो पटक अर्थमन्त्री भएका छन् ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि ओलीले पौडेललाई नै अर्थमन्त्री बनाएका थिए । सर्वत्र विरोध हुँदा पनि ओलीकै चाहनामा पौडेलले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाएका थिए । पछिल्लो आमनिर्वाचनमा नेकपाले अत्यधिक मत पाउन यसले ठूलो भूमिका खेलेको थियो ।

त्यतिबेला विदेशी दातृ निकायहरुको छलफलमा खुलेर कुरा राख्न नसकेको भनी पौडेलको आलोचना भने भएको थियो । सुकुमबासीका नाममा बुटवलमा जग्गा लिएको र बालुवाटार जग्गा प्रकरणमा उनको नाम जोडिएर आएकाले निकै विवादित बन्न पुगेका थिए ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।