सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी, भाग्यमानी २ लाख ७३ हजार आवेदकले १० कित्ता पाउने

Oct 15, 2020 12:34 PM Merolagani



सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट भोलि शुक्रबार अर्थात असोज ३० गते गर्ने तयारी भइरहेकाे छ।

इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरको शेयर भोलि बाँडफाँट गर्ने तयारी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले गरेको हो।

इन्स्योरेन्सको आईपीओ भोलि बिहान साढे ८ बजे क्यापिटलकाे कार्यालयमा गर्ने तयारी गरिएको क्यापिटलले जनाएको छ। इन्स्योरेन्सको प्रि एलटमेन्ट हिजो अर्थात बिहीबार साँझ गरिएको थियो। प्रि एलटमेन्टको डाटा नेपाल धितोपत्र बोर्डमा पठाइएको र बोर्डबाट स्वीकृत भएमा भोलि बिहान बाँडफाँट गरिने क्यापिटलले जनाएको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणका लागि बाँकी २७ लाख ३० हजार कित्ता शेयर बिक्री गरिएको थियो।

यस अनुसार आवेदन दिएकामध्ये भाग्यमानी २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ८ लाख ८३ हजार ६२४ वटा आवेदन परेको थियो।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।