सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी, भाग्यमानी २ लाख ७३ हजार आवेदकले १० कित्ता पाउने

Oct 15, 2020 12:34 PM Merolagani



सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट भोलि शुक्रबार अर्थात असोज ३० गते गर्ने तयारी भइरहेकाे छ।

इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरको शेयर भोलि बाँडफाँट गर्ने तयारी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले गरेको हो।

इन्स्योरेन्सको आईपीओ भोलि बिहान साढे ८ बजे क्यापिटलकाे कार्यालयमा गर्ने तयारी गरिएको क्यापिटलले जनाएको छ। इन्स्योरेन्सको प्रि एलटमेन्ट हिजो अर्थात बिहीबार साँझ गरिएको थियो। प्रि एलटमेन्टको डाटा नेपाल धितोपत्र बोर्डमा पठाइएको र बोर्डबाट स्वीकृत भएमा भोलि बिहान बाँडफाँट गरिने क्यापिटलले जनाएको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणका लागि बाँकी २७ लाख ३० हजार कित्ता शेयर बिक्री गरिएको थियो।

यस अनुसार आवेदन दिएकामध्ये भाग्यमानी २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ८ लाख ८३ हजार ६२४ वटा आवेदन परेको थियो।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।