नागरिक लगानी कोषको ५० हजार कित्ता शेयरको लिलामी बिक्री गर्दै प्रिमियर इन्स्योरेन्स

Oct 16, 2020 08:26 AM Merolagani



नागरिक लगानी कोष (CIT) को ५० हजार कित्ता संस्थापक शेयर लिलामी बिक्री खुलेको छ। प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर असोज ३० गते (आज) देखि लिलामी बिक्री गर्न लागेको हो।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९७५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सक्नेछन्। लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउनेछन्।

लिलामी शेयर खरिदको लागि न्यूनतम १०० कित्ता बढीमा सबै कित्ता शेयर खरिदको लागि आवेदन गर्न सकिनेछ। लिलामी शेयरमा कात्तिक १४ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

लिलामी शेयर खरिदको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।