लाभांश प्रस्ताव पारित गर्न एनएलजीले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

Oct 22, 2020 07:19 AM Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले लाभांश प्रस्ताव पारित गर्न मंसिर ५ गते १४ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौँमा बिहान १० बजेदेखि वेबिनार मार्फत सञ्चालन गरिनेछ।

सभामा आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, बोनस शेयरको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।