कोरोना भाइरसका कारण नबिल बैंकका पूर्व अध्यक्ष पौड्यालको निधन

Oct 25, 2020 05:22 PM merolagani



कोरोना भाइरस (कोभिड १९) कारण नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौड्यालको निधन भएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा पौड्यालको आइतबार हया्म्स अस्पतालमा निधन भएको हाे । पौड्याल नबिल बैंकमा २०४२ सालदेखि संचालक थिए । केही समय अगाडि उनी नबिल बैंकको अध्यक्षबाट बाहिरिएका थिए ।