अपि पावरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

Oct 30, 2020 06:44 AM Merolagani

अपि पावर कम्पनी लिमिटेड (API) ले आज (कात्तिक १४ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.४७ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री खुला गरेको हो।

हकप्रद निष्काशनका लागि कम्पनीले २०७६ चैत १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार फागुन ३० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत मंसिर ४ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई इक्राएनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय आधारभुत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

हाल १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।