नेपाल फाइनान्सले मंसिर ४ गतेदेखि हकप्रद बिक्री गर्ने

Nov 01, 2020 07:23 AM Merolagani

नेपाल फाइनान्स कम्पनी लिमिटेड (NFS) ले यहि मंसिर ४ गतेदेखि चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।

फाइनान्सले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार फाइनान्सले एक सय रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि फाइनान्सले कात्तिक ६ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार कात्तिक ५ गते बुधबारसम्म कायम फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत मंसिर २४ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई ‘इक्राएनपि आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम रहेको संकेत गर्दछ।
हाल १३ करोड ५८ लाख ५०० रुपैयाँ रहेको फाइनान्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३० करोड ५५ लाख ५१ हजार १२५ रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।