लाभांश प्रस्ताव पारित गर्न युनिलिभरले डाक्यो साधारण सभा

Nov 08, 2020 06:55 AM Merolagani



गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न युनिलिभर नेपाल लिमिटेड (UNL) ले २७ औँ वार्षिक साधारण सभा डाकेको छ।

कम्पनीले मंसिर १६ गते अपरान्ह ३ः४५ बजे अभौतिमक माध्यम अर्थात भिडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट सभा गर्ने भएको छ।

सभामा सञ्चालक समितिले सिफरिस गरेबमोजिम लाभांश स्वीकृत गर्ने, कम्पनीको व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको परियोजनाहरुको खर्चहरुलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन लगायतका प्रस्तावहरु पारित गरिनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।