फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा आह्वान, बुकक्लोज कहिले?

Nov 08, 2020 10:51 AM Merolagani



फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले मंसिर १८ गते ११ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। लघुवित्तले बिहान ११ बजे आम्रपाली ब्याङकेट, भाटभटेनी, काठमाडौँमा सो दिन सभा आयोजना गर्न लागेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर, ४.१८४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।