गरिब र मध्यम वर्गलाई झन् गरिब बनाइरहेकाे झुठबारे ज्ञान दिने 'फेकः फेक मनि, फेक टिचर्स, फेक एसेट्स' काे पुस्तक सारंश भाग ४

Nov 11, 2020 05:43 PM Merolagani

हरेक बुधबार अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा अघिल्लाे साता हामीले फेकः फेक मनि, फेक टिचर्स, फेक एसेट्स पुस्तक सारंशकाे तेस्राे भाग प्रस्तुत गरेका थियाैँ। यस पुस्तकलाई रोबर्ट काओसाकीले लेखेका हुन्। शुरु गरौँ पुस्तक सारंशको चाैथाे भागः

अध्याय ६ः तपाई कति पैसा छाप्दै हुनुहुन्छ? कसरी नियन्त्रण गर्ने?

प्रिन्टिङ्ग मनि १ः गाई छाप्नु

हजारौँ वर्षदेखि, पैसाले धेरै रुप लिएको छ। पैसाले मोती, प्वाँख, ढुङ्गा, जनावर र भाँडाको रुप लिएको छ। सबैभन्दा प्रारम्भिक र महत्वपूर्ण पैसाको रुप गाईवस्तु हो।

जब एक व्यक्तिले आफ्नो गाईवस्तु जमानतको रुपमा छोड्थे, साहूकार ती पशुका बच्चाहरुका लागि दयालु बन्थे। बाछो वा त्योभन्दा बढी, ब्याजका प्रारम्भिक रुपहरु हुन्। अहिले, जब बैंकरले तपाईलाई ऋण दिन्छ, तपाईले बैंकरलाई तिर्ने पैसा आजको ब्याजको तरिका हो। गाईवस्तुका लागि बाछो, पैसाका लागि पैसा। ब्याज एक रुप हो। अर्को तरिकाले हेर्ने हो भने, ब्याज भनेको पैसाले जन्माएको बच्चा हो अथवा पैसाले छापेको पैसा। यदि बैंकहरुलाई उनीहरुको नक्कली पैसामा ब्याज लगाउन अनुमति नदिने हो भने आधुनिक बैंकहरु बाँच्न सक्दैनन्।

क्रेडिट कार्ड

जब तपाई क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ, तपाई पैसा छाप्दै हुनुहुन्छ। क्रेडिट कार्डमा कुनै पैसा हुँदैन। क्रेडिट कार्डमा हुने भनेको मात्र क्रेडिट हो। तपाईको क्रेडिट बैंकको धितो हो। अमेरिकामा, तपाईको क्रेडिट फिको स्कोरको माध्यमबाट नाप्ने गरिन्छ। फिको, एक मापन जसले तपाई कतिको लायक हुनुहुन्छ भन्ने थाहा पाउन। फरक यो हो कि जब तपाई क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ, तपाई बैंकको लागि पैसा छाप्नु हुन्छ। अर्थात तपाईले बैंकलाई तिर्नु पर्ने जस्तै कि ब्याज।

ऋण

जब तपाई कार, घर अथवा विजनेश लोनका लागि पैसा सापटी लिनुहुन्छ, तपाई बैंकका लागि पैसा छाप्नुहुन्छ। तपाई बैंकको लागि पैसा छाप्दैहुनुहुन्छ, र बैंकले तपाईलाई नयाँ छापेको पैसामा ब्याज लगाउँछ।

प्रिन्टिङ्ग मनि २ः द फ्रयाक्सनल रिजर्भ सिस्टम

प्रिन्टिङ्ग मनि ३ः डेरिभेटिभ्स

सुन्तलाको डेरिभेटिभ

सुन्तला सोच्नुहोस्। जब तपाई सुन्तलालाई निचार्नुहुन्छ, तपाई अरेन्ज जुस पाउनुहुनेछ। अरेन्ज जुस सुन्तलाको डेरिभेटिभ हो। जब तपाई त्यस जुसबाट पानी निकाल्नुहुन्छ, तब मात्र अरेन्ज जुस बाँकी हुनेछ, जुन सुन्तला र सुन्तलाको जुस दुबैको डेरिभेटिभ हो।

पैसाको डेरिभेटिभ

स्टकहरु कम्पनीको डेरिभेटिभ हुन्। रियल स्टेटको डेरिभेटिभ मोर्टगेज हो। र पैसाको डेरिभेटिभ बण्ड हो।

प्रिन्टिङ्ग मनि ४ः मुद्रास्फिती

मुद्रास्फितीसँगै, ऋण सस्तो हुन्छ। किनभने पैसा सस्तो हुन्छ र सस्तो पैसाले ऋण तिर्न सजिलो हुन्छ। महँगीसँगै मानिसहरुले छिटो पैसा खर्च गर्छन्। किनभने मानिसहरु मूल्य बढ्छ भन्ने डरमा हुन्छन्। अवमूल्यन हुँदा मानिसहरु पैसा खर्च गर्दैनन्। मानिसहरु मूल्य अझ घट्छ भनेर प्रतिक्षा गर्न थाल्छन्, जसले वित्तीय डिप्रेशनमा डोर्याउँछ। इतिहासदेखि नै, जब धनी र अन्य व्यक्तिहरु बीचको दूरी फराकिलो हुन्छ, तब क्रान्ति हुन्छ।

जब मुद्रास्फिती असफल हुन्छ, धेरै मुलुकहरुले हाइपरइन्फ्लेसनको सामना गरेका हुन्छन्, जुन प्रायः पैसाको अत्याधिक मुद्रणले प्रवद्र्धित हुन्छन्।

क्राइसेसका लागि चिनीयाँ चिन्ह दुई शब्दहरु मिलेर बनेका छन्ः जोखिम र अवसर।

अध्याय ६ः लेखक वास्तविक सुन र चाँदीको मालिक हुनुको आठ दार्शनिक कारणहरु। तपाईको के हो?

कारण १ः विश्वास
कारण २ः सुन र चाँदी कुनै लगानी होइन।
कारण ३ः वास्तविक सुन र चाँदीमा कुनै जोखिम हुँदैन।
कारण ४ः किफायती
कारण ५ः जटिलता विरुद्ध सरलता
कारण ६ः वास्तविक पैसा के हो? यहाँ वास्तविक पैसाको केही परिभाषाहरु दिइएका छन्।
एक्सचेञ्जको माध्यम–वित्तीय कारोबारको लागि सजिलै स्वीकारयोग्य
खाताको एक इकाई– जसको मूल्य मापन गर्न सकिन्छ।
कारण ७ः सुन र चाँदी खानी खरिद गर्नुभन्दा सुन र चाँदी खरिद गर्नु कम महँगो हुन्छ।
कारण ८ः सुन....... भगवानको आँसु

अदृश्य पैसाः अगस्ट १५, १९७१ मा राष्ट्रपति रिचार्ड निक्सनले सुनको मानकभन्दा अगाडि माथि पुर्याए। उनले पैसालाई अदृश्य गरिदिए। त्यहि बेलादेखि हाम्रो शैक्षिक व्यवस्था अन्धोले अन्धोलाई डोर्याएजस्तै भएको छ।

आजको समयमा वास्तविक वित्तीय शिक्षा बिनाको मानिस अन्धो जस्तै हो। उनीहरु पैसा चोरी भएको देख्न सक्दैनन्, उनीहरु देख्न सक्दैनन् कि कसरी उनीहरुले गरेको श्रम र उनीहरुको जीवन उनीहरुले नै काम गरेको पैसाले चोरी गरिरहेको छ।

अमेरिकी शिक्षा व्यवस्था–सबैभन्दा महँगो शैक्षिक व्यवस्था–विश्वको सबैभन्दा महँगो शैक्षिक व्यवस्था भ्रष्ट छ। सायद त्यसैले नै हो, पश्चिमा मुलुकहरुमा धेरै पैसा खर्च गरेर पनि शैक्षिक व्यवस्थाहरु नराम्रो नतिजा निकालिरहेका छन्।

भाग दुईः फेक टिचर्स

जब लेखक ९ वर्षका थिए, उनले आफ्ना पोर ड्याड, जो हवाई टापुका शिक्षा प्रमुख, लाई सोधेका थिए, म कहिले पैसाको बारेमा सिक्न सक्छु। उनले जवाफ दिएका थिए, ‘ हामी स्कुलमा पैसाको बारेमा पढाउँदैनौँ। त्यतिखेर लेखकलाई वास्तविक शिक्षकको खोजिमा लागे।

स्कुलमा पैसाको बारेमा नसिकाउनुका कारण

पैसाको बारेमा नसिकाउनुको प्रमुख कारण शिक्षकहरु सरकारले अनुमति दिएको कुराहरुमात्र सिकाउँछन्। उद्योगीहरुको कुनै जागिर हुँदैन। उद्योगीहरु रोजगारी सिर्जना गर्ने कार्य गर्छन्। कर्मचारी र उद्योगी फरक फरक व्यक्तिहरु हुन्। हाम्रो विद्यालय व्यवस्था मानिसहरुलाई कर्मचारी बन्न सिकाउँछ। कर्मचारीले पैसाको बारेमा थाहा पाउनु पर्दैन। त्यसैले हाम्रा विद्यायलहरुमा वित्तीय शिक्षा छैन।

उद्योगीहरुले पैसाको बारेमा थाहा पाउनु आवश्यक छ। यदि उद्योगीहरुलाई पैसाको बारेमा थाहा भएन भने कर्मचारीहरुले जागिर गुमाउनेछन् र उद्योगीहरु व्यवसायबाट वञ्चित हुनेछन्।

सन् २०१८ मा, अमेरिकी सरकारको सबैभन्दा पहिलो नम्बरको सम्पत्ती भनेको विद्यार्थी ऋण थियो जुन अहिले १.५ त्रिलियन नाघिसकेको छ। त्यसको मतलब यो हो कि, लाखौँ युवाहरुको लागि यो ऋण नै सबैभन्दा ठूलो दायित्व हुन्छ।

सन् २००९ देखि २०१२ सम्ममा शीर्ष १ प्रतिशतको आम्दानी ३१.४ प्रतिशत बढ्यो, तर बाँकी ९९ प्रतिशतका लागि निकै मुस्किलले ०.४ प्रतिशत बढेको थियो।

सबप्राइम शिक्षा

सन् २०१२ मा, विद्यार्थी ऋण १ त्रिलियन डलर नाघ्यो, र यसका साथै क्रेडिट कार्ड ऋण पनि। सन् २०१८ मा फेडरल विद्यार्थी ऋण अमेरिकी सरकारको सबैभन्दा ठूलो सम्पत्ती बनेको छ। अमेरिका गरिबहरुका लागि सबप्राइम मोर्टगेजबाट गरिब विद्यार्थीहरुका लागि सबप्राइम शिक्षामा गएको छ। सबप्राइम शिक्षा कर्जा सबै ऋणहरुमध्ये सबैभन्दा खराब हो। सबप्राइम लोनहरु बैंकरप्सि पछि माफ हुन्छन्। तर, अधिकांश सबप्राइम शिक्षा कर्जाहरु कहिल्यै पनि माफ हुँदैनन्।

मुद्रास्फिती

मुद्रास्फिती बिना, बैंकहरुको पैसा चुहाउने चालले काम गर्न सक्दैन।

जब मुद्रास्फिती बढ्छ, मानिसहरु छिटो पैसा खर्च गर्न थाल्छन्, किनभने उनीहरुलाई मूल्य बढ्ने डर हुन्छ। जब अवमूल्यन हुन्छ, मानिसहरु पैसा खर्च गर्न बन्द गर्छन्, मूल्य घट्ने प्रतिक्षा गर्छन्।

बैंकिङ्ग सिस्टमले मुद्रास्फिति सिर्जना गर्नुपर्छ, नभए अर्थतन्त्र तहसनहस हुन्छ। मुद्रास्फितीले गरिब तथा मध्यमवर्गबाट पैसा चोर्छ। जो मानिसहरु महँगाई सहन सक्दैनन्, उनीहरु नै उच्च मूल्य तिर्न बाध्य हुन्छन्, उनीहरु आफ्नो जीवन दिएर तिर्छन्।

विश्वको सबैभन्दा धनी देश भइकन पनि अमेरिका किन गहिरो ऋणमा डुबेको छ?

किन त्यहाँका विद्यालयहरुमा वित्तीय शिक्षा छैन?

कुनै पनि मान्छेलाई माछा मार्न सिकाउनु भन्दा माछा दिनु सजिलो छ।


comments powered by Disqus

रेकर्ड नै रेकर्ड कायम गरेको साता यी हुन् घटेका उपसमूह

Nov 28, 2020 08:24 AM

यस साता नेपाल स्टक एक्सचेञ्जमा रेकर्ड नै रेकर्ड कायम भएको छ। अल टाइम हाइ अर्थात १८८१.७४ लाई तोडेर नेप्से उकालो लागेपछि नयाँ रेकर्डहरु बनेका हुन्।