एनआईसी एशियाले २० प्रतिशत लाभांश वितरण गर्ने, बोनस कति?

Nov 13, 2020 06:47 AM Merolagani



एनआईसी एशिया बैंक (NICA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि चुक्ता पूँजीको १९ प्रतिशतका दरले हुन आउने रकम १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने ९ करोड ७१ लाख रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्नेछ। सो प्रस्ताव पारित गर्न बैंकले मंसिर २१ गते साधारण सभा डाकेको छ।

बैंकको २३ औँ वार्षिक साधारण सभा बैंकको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट उपस्थित हुनसक्ने गरी शेयरधनीहरुलाई आईडि र पासवर्डको व्यवस्था गरिएको बैंकले जनाएको छ।

सो सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति तथा बैदेशिक साझेदारी भित्र्याउने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा बैंकको प्रबन्धकपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




सुन र चाँदीको मूल्यमा गिरावट

Feb 16, 2026 11:04 AM

फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।