सान्जेनको खुद नोक्सानी उच्च रुपमा बढ्यो

Nov 13, 2020 02:04 PM Merolagani



चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सान्जेन जलविद्युत कम्पनी (SJCL) ले ६८ लाख ७३ हजार रुपैयाँले नोक्सानी ब्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २१ लाख ८२ हजार रुपैयाँले नोक्सानीमा रहेको थियो । 

यस अवधिमा कम्पनीले कुनै स्रोत मार्फत् पनि आम्दानी गरेको छैन । जसका कारण कम्पनीको खुद नोक्सानी बढ्न पुगेको हो ।

चुक्ता पूँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १३ करोड ७१ लाख रुपैयाँले नोक्सानीमा रहेको छ ।

कम्पनीले रसुवा जिल्लामा १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । यी दुवै आयोजनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हालसम्म समग्रमा माथिल्लो सान्जेनको ८८ प्रतिशत तथा सान्जेनको ७८ प्रतिशत प्रगति भएको छ । 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।