राष्ट्र बैंकले तरलता सन्तुलन राख्न ३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्ने, ब्याजदर बोलकबोलबाट तय हुने

Nov 19, 2020 12:03 PM Merolagani



केन्द्रिय बैंकले बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न ३० अर्ब रुपैयाँ बराबरको २८ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।

केन्द्रिय बैंकले ब्याजदर सन्तुलन राख्न निक्षेप संकलन उपकरण मार्फत ३० अर्ब रुपैयाँ उठाउन लागेको हो।

केन्द्रिय बैंकले बिक्री गर्ने निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्ने केन्द्रिय बैंकले जनाएको छ। उक्त उपकरण खरिदको लागि वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरुले मंसीर ४ गते २ बजे सम्म आवेदन दिन सक्नेछन्।

ब्याजदर भने बोलकबोलबाट तय हुने केन्द्रिय बैंकले जनाएको छ।

  • सर्तहरु

1. निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ । बोलकबोल बहु ब्याजदरमा पनि गर्न सकिनेछ ।

2. योनिक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

3. निक्षेप संकलनकोबोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

4. निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँट गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

5. समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा प्रो राता बेसिक मा बाँडफाँट गरिनेछ ।

6. खुला बजार कारोबार संचालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ ।

7. आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ ।

8. सफल बोलवालाहरुकोस्वीकृत रकम निष्कासन मितिका दिन यस बैंकमा रहेकोखाता खर्च गरी निक्षेप संकलनको लागि खोलिएको अलग्गै खातामा जम्मा गरिनेछ । तसर्थ, बोलवाला बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा पर्याप्त मौज्दात कायम गर्नु पर्नेछ ।

9. बोल स्वीकृत भएका बोलवालाको खातामा सो उपकरण निष्कासन गरिने दिनमा मौज्दात रकम पर्याप्त नभएमा त्यस्ता बोलवालाको अर्नेष्ट मनि बापतकोरकम जफत गरी निजलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाईनेछ ।

10. निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ ।

11. निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाईनेछैन । तर, यस बैंककोनिर्देशन बमोजिम कायम राख्नुपर्ने एसएलआर तथा लिक्वीडिटि रेशियोमा गणना गर्न पाइनेछ ।

12. संकलित निक्षेप रकम भुक्तानी मिति अगावैसम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा प्रि मेचुअर भुक्तानी हुने छैन ।

 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।