प्रिमियर इन्स्योरेन्सको खुद नाफा ३६.६३ प्रतिशतले बढ्यो

Nov 20, 2020 04:03 PM Merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३६.६३ प्रतिशत अर्थात २ करोड ११ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको यही अवधिमा इन्स्योरेन्सले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ३ करोड ६२ लाख रुपैयाँले बढेर २४ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले २१ करोड १३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशनबापत ५ करोड ६७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य स्रोतबाट २ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इस्योरेन्सको जगेडा कोषमा ३६ करोड ३ लाख रुपैयाँ, बीमा कोषमा ७१ करोड १९ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६ करोड ६० लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा इन्स्योरेन्सले ४१ हजार ४४५ वटा बीमालेख जारी गरि ४५ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीका ८ हजार ६५३ बीमालेखहरु नविकरण भएका छन् ।

यस अवधिमा कम्पनीले १ हजार ४८९ वटा दाबी वापत ४७ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार ५६४ वटा दाबीबापत २ अर्ब ६३ करोड १९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा, प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ०३ पैसा र मूल्य आम्दानी अनुपात २५.७६ गुणा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।