वोमी लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

Nov 21, 2020 07:38 PM Merolagani



वोमी लघुवित्त वित्तीय संस्था (WOMI) र कुमारी क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । वोमी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारी क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै अब शेयर रजिष्ट्रार (धितोपत्र नामसारी, शेयर दाखिल खारेज, शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनश शेयर तथा लाभांश पुर्जा बितरण) सम्बन्धी सम्पुर्ण कार्यका लागि कुमारी क्यापिटल लिमिटेड नागपोखरी १, नक्साल, काठमाण्डौं मार्फत सेवा उपलब्ध गराउने लघुवित्तले जनाएको छ ।

साथै कुमारी क्यापिटल मार्फत सेवा प्रारम्भ हुने मिति सार्वजनिक सुचना मार्फत जानकारी गराइने भएको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।