रियल स्टेटमा लगानी गर्न सिक्नुहोस्। ऋणलाई पैसाको रुपमा प्रयोग गर्न सिक्नुहोस्। पैसा ऋण हो। यसको अर्थ ऋणको सिर्जना गरेर मात्रै पैसा सिर्जना गर्न सकिन्छ। अर्थात, युएस फेडरल रिजर्भ बैंक र युएस ट्रेजरी सबैलाई ऋण लिन प्रोत्साहित गर्छ। यदि मानिसहरुले ऋण लिएन भने हाम्रो अर्थतन्त्र विकास हुँदैछ।
तपाईको कार्डमा कुनै पैसा छैन। बैंकमा तपाईको पैसा हुनु पर्छ भन्ने छैन। पैसा हावाबाट सिर्जना हुन्छ, जब तपाई क्रेडिट कार्ड प्रयोग गर्नु हुन्छ। लाखौँ मानिसहरुले ऋण प्रयोग गरेर घर तथा कार खरिद गर्छन्। लाखौँ मानिसहरु मेहेनत गरी काम गर्छन् र गरिब हुँदै जान्छन् किनभने उनीहरुले ऋण प्रयोग गर्न कहिल्यै सिकेनन्।
सम्पत्तीको आधार नै रियल स्टेट हुन्छ। रियल स्टेट गोल्ड र सिल्भर जस्तै हो। रियल शब्द स्पानिस भाषाबाट आएको हो। स्पानिसमा रियलको अर्थ रोयल हो। इतिहासदेखि नै रोयाल्टीले जमिन, सुन र चाँदीलाई महत्व दिएको छ। यदि तपाईले ऋणलाई पैसाको रुपमा प्रयोग गर्न सिक्नुभयो र लेखकले जस्तै ऋणबाट रोयल स्टेट खरिद गर्न भयो भने तपाई ऊ जस्तै धनी र स्मार्ट व्यक्ति बन्न सक्नुहुन्छ। यदि तपाईले ऋणलाई दायित्व खरिद गर्नमा प्रयोग गर्नु भयो भने तपाई लाखौँ गरिब तथा मध्यम वर्गिय व्यक्ति जस्तै हुनुहुनेछ जसले बैंक धनीहरु जस्ता रोयलहरुमाथि खर्च गर्न जीवन भर काम गरिरहन्छ। ऋण तिर्न नक्कली पैसाको लागि काम गरिरहेको हुन्छ।
यदि तपाई ऋणलाई कसरी प्रयोग गर्ने भन्ने सिक्न चाहनुहुन्न भने ऋणबाट टाढा रहनुहोस्। ऋण एकदमै खतरनाक छ। ऋण भरिएको बन्दुक जस्तै हो। ऋणले तपाईको सुरक्षा पनि गर्न सक्छ तपाईलाई मार्न पनि सक्छ। यो कक्षा तब शुरु हुन्छ जब तपाई वास्तविक विश्वमा प्रवेश गर्नुहुन्छ। धनी बन्नका लागि काम र अनुशासन चाहिन्छ।
रियल शिक्षक र फेक शिक्षक कसरी छुट्याउने?
फेक शिक्षकहरुले लेक्चर र किताबबाट पढाउँछन्। वास्तविक जीवन नै एक कक्षाकोठा हो।
रियल शिक्षकले वास्तविक जीवनका अनुभवबाट पढाउँछन्, उनीहरुको गल्तीबाट पढाउँछन् र त्यस्तै गर्न प्रोत्साहित गर्छन्। जबसम्म तपाईसँग वित्तीय स्वतन्त्रता हुँदैन, तबसम्म तपाई स्वतन्त्र हुनुहुन्न।
अध्याय ९ः धेरै माछाहरु कसरी मार्नेः अदृश्यलाई हेरेर
रिच ड्याड अक्सर भन्थे, ‘तिमी सफा पानीमा माछा मार्न सक्दैनौ।’ ‘हिलो भएको पानीमा मात्रै माछा मार्न सक्छौँ।’ मानिसहरुलाई माछा मार्न सिकाउनुभन्दा माछा दिन सजिलो छ। किन? किनभने माछा मार्न सिक्नु गाह्रो छ। वास्तविक कुरा सिक्न सबै गाह्रो छ।
समृद्धिले धेरै मानिसहरुलाई नरम, कमजोर र अल्छि बनाएको छ। धेरैलाई वास्तवमै तिनीहरु धनी हुने अधिकार छ भन्ने विश्वास गर्छन्। पैसा नशा हो। वित्तीय शिक्षा बिना मानिसहरुलाई पैसाको लत लाग्छ। उनीहरुलाई पैसाले खुसी बनाउँछ। पैसाले उनीहरुको समस्या समाधान गर्छ। पैसाले उनीहरुको दुःख निवारण गर्छ। अहिले, करोडौँ मानिसहरुलाई पैसाको ‘क्वीक फिक्स’ र ‘अस्थायी उच्च’ को लत लागेको छ। समस्या यो हो कि, ‘उच्च’ नै ‘न्यून’ हुन जान्छ र लत लागेकाहरु आफ्नो लत पुरा गर्न पुनः काम गर्न थाल्छन्। उनीहरु आफ्नो लत पुर्ति गर्न जे पनि गर्न तयार हुन्छन्।
भ्रष्ट पैसाले भ्रष्ट मानिसहरु सिर्जना गर्छ। संसारलाई परिवर्तन नगर्नुस्..... आफु परिवर्तन हुनुहोस्। धनी र अन्य व्यक्तिहरु बिचको दूरी बढ्नुको कारण वित्तीय साक्षरता बिना मानिसहरु हिलो भएको पानीमा पौडिरहेका छन्। त्यसैकारण शिक्षित सम्भ्रान्त वर्गहरु जसले हाम्रो कानूनी प्रणाली, बैंक र वाल स्ट्रीट चलाइरहेका छन्, उनीहरुले धेरै माछा मारिरहेका छन्।
फाइनान्सियल आईक्यू भनेको के हो?
एक व्यक्तिको समस्या समाधान गर्ने क्षमताको मापन हो आईक्यू। फाइनान्सियल आईक्यू भनेको पैसाको समस्या समाधान गर्ने क्षमता हो। फाइनान्सियल आईक्यू पैसामा मापन गरिन्छ। अभ्यास गर्यो भने यो बढ्न सक्छ।
वास्तविक वित्तीय शिक्षाको ६ आधारभूत शब्दहरु छन्। ती हुन्ः
- आम्दानी
- खर्च
- सम्पत्ती
- दायित्व
- नगद
- फ्लो
बैंकरहरुले कहिल्यै पनि रिपोर्ट कार्ड खोज्दैनन्। उनीहरुले तपाई कुन विद्यालय जानुभएको हो त्यो पनि सोध्दैनन्। तपाईको कति जीपीए आयो त्यो पनि सोध्दैनन्। जब बैंकरसँग कुरा हुन्छ, तब बैंकरले वित्तीय स्टेटमेन्ट हेर्न खोज्छ। हाम्रो फाइनान्सियल स्टेटमेन्ट नै हाम्रो वास्तविक जीवनको रिपोर्ट कार्ड हो।
यदि एक घरले तपाईको खल्तीमा पैसा भित्रिने गरी सकारात्मक दिशामा क्यासफ्लो गरिरहेको छ भने त्यो घर तपाईको सम्पत्ती हो। तर, त्यो घरले तपाईको खल्तीबाट पैसा लगिरहेको छ भने त्यो घर तपाईको दायित्व हो। सन् २००८ मा लाखौँ मानिसहरु जसले घर पाए, त्यो सबै उनीहरुको दायित्व हो।
पैसालाई पछ्याउनुहोस्
मध्यम वर्ग सरकार, वाल स्ट्रीट र बैंकहरुको सम्पत्ती हो। धनीको क्यासफ्लो र मध्यम वर्गको क्यासफ्लो तुलना गर्नुहोस्।
पाठः वास्तविक वित्तीय शिक्षाले धनीहरुलाई सम्पत्तीको कोलममा क्यासफ्लो गर्न सिकाइरहेको हुन्छ। फेक वित्तीय शिक्षाले गरिब तथा मध्यम वर्गको खल्तीबाट पैसा बाहिर निकालिरहेको हुन्छ। र त्यो पैसा शिक्षित सम्भ्रान्त वर्ग, जसले नक्कली पैसा छापिरहेका छन्, उनीहरुको खल्तीमा पठाइरहेको हो। नक्कली वित्तीय शिक्षाले पानीलाई धमिलो बनाउँछ।
असीमित प्रतिफल
२५ डलर कमाउनका लागि शतप्रतिशत ऋण उपयोग गर्नु असीमित प्रतिफलको एक उदाहरण हो। यो पैसाको लागि केही पनि होइन...... वित्तीय बुद्धिमानीबाट सिर्जना भएको पैसा हो।
स्टक
मानौँ मैले प्रतिकित्ता १ डलरमा १०० कित्ता शेयर खरिद गरेँ। मैले १०० डलर लगानी गरेँ। त्यो स्टकको मूल्य बढेर प्रतिकित्ता १० डलर पुग्यो। मेरा १०० कित्ता शेयरको मूल्य १ हजार डलर पुग्यो। मैले १० कित्ता शेयर प्रतिकित्ता १० डलरमा बिक्री गरे र आफ्नो लागत उठाएँ। मेरा ९० कित्ता शेयर निःशुल्क भए। मैले मेरो प्रारम्भिक लगानी उठाइसकेँ।
धेरै मानिसहरु धनी नहुनुको कारण उनीहरु स्कुल गए।
मानिसहरु किन धनी छैनन्?
विद्यालयमा, विद्यार्थीलाई सिकाइन्छ कि गल्तीले मूर्ख बनाउँछ। वास्तविक जीवनमा, गल्तीले धनी बनाउँछ। भगवानले मानिसहरुलाई गल्तीबाट सिक्न भनेर बनाएका हुन्।
चिटिङ्ग भनेको सहयोग माग्नु हो। विद्यालयमा विद्यार्थीहरु आफै परीक्षा दिन्छन्। अरुको सहयोग माग्नु चिटिङ्ग हो। वास्तविक जीवनमा, व्यवसाय र लगानी सामूहिक खेल हो। धनीहरुको समूह हुन्छ। औषत मानिसहरुको हुँदैन।
राम्रो नम्बरको मतलब तपाई स्मार्ट हुनुहुन्छ। वास्तविक जीवनमा, बैंकहरुले कहिले पनि रिपोर्ट कार्ड खोज्दैनन्। तपाई कुन विद्यालय जानुभयो र कति जीपीए आयो, त्यो सोध्दैनन्। वास्तविक जीवनमा बैंकरले फाइनान्सियल स्टेटमेन्ट हेर्न चाहन्छन्।
विद्यालयमा ऋणबाट टाढा रहनुपर्छ भन्ने सिकाइन्छ। तर, वास्तविक जीवनमा ऋणले तपाईलाई धनी बनाउँछ।
सन् १९७१ मा पैसा ऋण बन्यो। बैंकरहरुलाई ऋणी मन पर्छ, किनभने ऋणीले उनीहरुलाई धनी बनाउँछ। विश्वको सबैभन्दा धनी व्यक्तिले पैसा कमाउन ऋणलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने जान्दछ।
सामान्यको अर्थ सजिलो होइन। हाम्रा विद्यालयमा बिना कुनै वास्तविक वित्तीय शिक्षा, लाखौँ मानिसहरु त्यस्ता माछा बनिरहेका छन् जसलाई सम्भ्रान्त वर्गले सजिलै आफै झुठको जालमा पार्न सक्छन्। वास्तविक वित्तीय शिक्षा बिना, लाखौँ मानिसहरु स्कुल जान्छन्, जागिर खोज्छन्, कर तिर्छन्, पैसा बचाउँछन्, घर किन्छन्, र स्टक मार्केटमा लगानी गर्छन्।
उद्यमीहरुलाई थाहा छ कि गल्ती गर्नुपर्छ र गल्तीबाट सिक्नुपर्छ र व्यवसाय एक समूहिक खेल हो। वित्तीय साक्षरताको उद्देश्य हामीले आँखाले देख्न नसक्ने कुरा हेर्न सक्ने गरी दिमागलाई शक्ति दिनु हो। वित्तीय शिक्षाको उद्देश्य धमीलो पानीमा हेर्न सकिने अर्थात पारदर्शि हुने क्षमता दिनु हो।