सिभिल बैंकको दशौंं वार्षिकोत्सव विविध कार्यक्रमहरु गरी मनाईयो

Nov 26, 2020 12:21 PM Merolagani



सिभिल बैंक (CBL) दस वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको छ । बैंकले “म एक जिम्मेवार सिभिलियन” नारासहित  कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी दशौंं वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रममा कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुवाट प्रतिवद्दता लिने कार्य भएको छ ।

बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरी कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजना पनि गरेको छ ।  यस्तै बैंकले मातातिर्थस्थित रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको हो ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।