सिभिल बैंकको दशौंं वार्षिकोत्सव विविध कार्यक्रमहरु गरी मनाईयो

Nov 26, 2020 12:21 PM Merolagani



सिभिल बैंक (CBL) दस वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको छ । बैंकले “म एक जिम्मेवार सिभिलियन” नारासहित  कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी दशौंं वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रममा कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुवाट प्रतिवद्दता लिने कार्य भएको छ ।

बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरी कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजना पनि गरेको छ ।  यस्तै बैंकले मातातिर्थस्थित रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको हो ।

 




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।