लाभांश प्रस्ताव पारित गर्न समताले डाक्यो साधारण सभा, मर्जर प्रक्रियालाई अन्तिम स्वीकृती दिँदै

Dec 04, 2020 11:50 AM Merolagani



समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले पुस १४ गते, मंगलबार बिहान १०ः३० बजेदेखि होटल क्लासिक प्रा. लि., सिमरा, बारामा सातौँ वार्षिक साधारण सभा डाकेको हो।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट २०७७ असार मसान्तसम्म कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन सहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र समता एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि शेयर स्वाप रेशियो स्वीकृत गर्ने, गाभिएपश्चात बन्ने लघुवित्तकोनाम समता घरेलु लघुवित्त वित्तीय संस्था राख्ने, केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका ८ मा रहने, लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस ५ गतेदेखि १४ गतेसम्म बुकक्लोज गर्ने भएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।