भारतीय शेयर बजार ऐतिहासिक उचाईमा

Dec 31, 2020 12:50 PM Merolagani



सन् २०२० को अन्तिम कारोबार दिन भारतीय शेयर बजारका सूचक सेन्सेक्स र निफ्टीले हालसम्मकै उच्च स्तर छोएका छन्। अधिक विदेशी लगानीका कारण पछिल्लो समय भारतीय शेयर बजारले लगातार नयाँ स्तर छोइरहेको छ। 

बिहीबार निफ्टीले पहिलो पटक १४ हजारको स्तर पार गरेको छ। यसअघि २४ नोभेम्बरमा उक्त इन्डेक्सले १३ हजार ५५ को स्तर पार गरेको थियो।

यसैगरी सेन्सेक्स पनि १०१.२४ अंकको बढोत्तरीका साथ ४७ हजार ८४७.४६ बिन्दुमा पुगेको छ । यद्यपी इन्ट्रा डे कारोबारका क्रममा उक्त इन्डेक्सले ४७ हजार ८६५.५६ को उच्चतम स्तर छोएको थियो। यो इन्डेक्सको अलटाइम हाई लेभल हो।

बजारमा उच्च बढोत्तरीसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण १८८.३३ लाख करोड रुपए पार भएको छ। एजेन्सी 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।